नेकपाकी नेतृ पूर्णकुमारीले बुहारीलाई अन्माएर पठाइन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेकपाकी नेतृ पूर्णकुमारीले बुहारीलाई अन्माएर पठाइन्

सारांश

  • काठमाडौं ।
  • नेकपाकी नेतृ, सांसद तथा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले बुहारीलाई अन्माएर पठाएकी छिन् ।
  • उनले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएकी हुन् ।

काठमाडौं । नेकपाकी नेतृ, सांसद तथा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले बुहारीलाई अन्माएर पठाएकी छिन् । उनले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएकी हुन् ।

संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले एकल बुहारी रहेकी शर्मालाई विवाह गरिदिएका छन् ।

बुहारीले रोजेको केटाका साथ विवाह गरी अन्माएर पठाएका हुन् । समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी पठाएका हुन् ।

२०७२ सालको भूकम्पमा परी मालतीका पति अर्थात सुवेदीका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएको थियो । पतिको मृत्युपछि एकल महिला रहेकी शर्माको शनिबार आफ्नै घरबाट बाँकेबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाएका हुन् ।

मालतीको इच्छा अनुसार नै घरबाटै टिकोटालो गरी पठाइएको हो । छोराको मृत्युपछि बुहारी मालतीको भविष्यप्रति चिन्तित रहेकै बेलामा बुहारीको खुशीका लागि विवाह गरिदिएको सुवेदी दम्पत्तीले बताएका छन् ।

समाजले एकल महिलालाई विवाह गर्न हुन्न भन्ने मान्यता राखेको बेला छोरी बनाई घरबाटै विवाह गरी अन्माइ पठाउनु सुवेदी दम्पतीका लागि केही असहज भए पनि समाज परिवर्तनमा साँच्चिकै उदाहरण भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?