भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
३३ पटक हेरिएको
Shares
भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो

सारांश

  • काठमाडौं ।
  • नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग पराजित हुदै प्रतियोगिताको समूह चरणबाट बाहिरीएको छ ।
  • श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग पराजित हुदै प्रतियोगिताको समूह चरणबाट बाहिरीएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । भारत ‘ए’ का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय पारी खेले । साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय पारी खेले । धुव्र जुरेलले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.२ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ६५ रन बनाए । पौडेलले ७ चौका प्रहार गरेका थिए । गुलसन झाले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए । सोमपाल कामीले १४ तथा देव खनालले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

भारत ए का लागि निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हंगरगेकरले ३ तथा हर्षित रानाले २ विकेट लिए ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । आजै भएको अर्को खेलमा युएईलाई पराजित गर्दै पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
ऋषि धमलाले जिसस क्राईष्टको कुरा उठाउँदा एकनाथले यसरी गरे आक्रमण (भिडियोसहित)
समाचारवाचिका ताम्राकारको ८६ वर्षको उमेरमा निधन
समाचारवाचिका ताम्राकारको ८६ वर्षको उमेरमा निधन
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
जानकी मन्दिर भित्र घन्कियो हिन्दु रास्ट्रको नारा मेची महाकाली रास्ट्रिय स्वाभिमान यात्रा
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने .  (फोटोफिचर)
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने . (फोटोफिचर)
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
बुढीगण्डकी मुआब्जा विवाद स् भयो चार बुँदे सहमति
बुढीगण्डकी मुआब्जा विवाद स् भयो चार बुँदे सहमति

तपाईंले छुटाउनुभयो कि?