मतदान गरी घुम्न निस्किएका गायक बिक्रमको हत्या, एक घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
३७८ पटक हेरिएको
Shares
मतदान गरी घुम्न निस्किएका गायक बिक्रमको हत्या, एक घाइते

सारांश

  • तनहुँ, वैशाख ३१ – नचिनेका मानिसको समूहको खुकुरी प्रहारबाट आइतबार बेलुका तनहुँमा कलाकार/गायक बिक्रम परियारको ज्यान गएको छ ।
  • खुकुरीप्रहारबाटै उनीसँगै घुम्न निस्किएका देवनारायण श्रेष्ठ घाइते भएका छन् ।
  • घर नजिकैको व्यास १, छाला फ्याक्टी क्षेत्रमा घुम्न निस्किएका उनीहरुलाई बेलुकी ५ बजेतिर पहिचान नखुलेको व्यक्तिहरुको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ, वैशाख ३१ – नचिनेका मानिसको समूहको खुकुरी प्रहारबाट आइतबार बेलुका तनहुँमा कलाकार/गायक बिक्रम परियारको ज्यान गएको छ । खुकुरीप्रहारबाटै उनीसँगै घुम्न निस्किएका देवनारायण श्रेष्ठ घाइते भएका छन् । घर नजिकैको व्यास १, छाला

फ्याक्टी क्षेत्रमा घुम्न निस्किएका उनीहरुलाई बेलुकी ५ बजेतिर पहिचान नखुलेको व्यक्तिहरुको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Image may contain: 1 person

६ जनाको समूहमा आएका युवाहरुले आफूहरुलाई आक्रमण गरेको घाइते देव नारायण श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समयमा काठमाडौंमा बसेर गायन तथा कलाकारितामा सक्रिय हुँदै आएका परियार स्थानीय तहको निर्वाचनमा मतदान गर्न शनिबार दमौली आउनुभएको थियो । उहाँले आइतबार व्यास १ स्थित जलदेवी मावि मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लगिएको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?