ट्राफिक प्रहरीको हाउमच अभियान, ६७ ट्याक्सी चालक एकैदिन कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
ट्राफिक प्रहरीको हाउमच अभियान, ६७ ट्याक्सी चालक एकैदिन कारवाहीमा

सारांश

  • काठमाडौँ – राजधानी काठमाडौँमा ट्याक्सीमा कसै जान पर्यो भने भने सुरुमै चालकको प्रश्न हुन्छ कति दिनुहुन्छ ?
  • मीटरमा नगई यसरी यात्रु ठग्ने ट्याक्सी चालकको यो शैली अटाउन धेरै प्रयास भए पनि अझै पूर्णरुपमा हट्न सकेको छैन ।
  • अझै पनि यात्रुहरु मीटरमा जान नमान्ने ट्याक्सी चालहबाट प्रताडित छन् ।

काठमाडौँ – राजधानी काठमाडौँमा ट्याक्सीमा कसै जान पर्यो भने भने सुरुमै चालकको प्रश्न हुन्छ कति दिनुहुन्छ ? मीटरमा नगई यसरी यात्रु ठग्ने ट्याक्सी चालकको यो शैली अटाउन धेरै प्रयास भए पनि अझै पूर्णरुपमा हट्न सकेको छैन । अझै पनि यात्रुहरु मीटरमा जान नमान्ने ट्याक्सी चालहबाट प्रताडित छन् ।

यात्रुलाई यस्तै विभिन्न बहाना बनाइ ठग्दै आएका ट्याक्सी चालकविरुद्धको कारवाही प्रक्रियालाई तीव्रता दिइरहेको छ । हिजो सोमबार मात्रै राजधानीका विभिन्न स्थानबाट नियम विपरित यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ ।

महाशाखाबाट खटिइएका टोलीले यात्रुसँग बार्गेनिङ गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । त्यस्तै महाशाखाअन्तर्गतका विभिन्न युनिटले १७ वटा ट्याक्सीलाई कारबाही गरेको उनले जानकारी दिए ।

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारबाही गर्ने गरेको छ । हाउमच अभियानमा कारबाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले रु तीन हजार जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी हाउमच कारबाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?