अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो

सारांश

  • काठमाडौं।
  • नूबियाले नेपाली बजारमा आफ्ना मोबाइल फोनको मूल्य घटाएको छ।
काठमाडौं।। नूबियाले नेपाली बजारमा आफ्ना मोबाइल फोनको मूल्य घटाएको छ।  नूबिया फोनको नेपालका लागि आधिकािीक बितरक आइटिपी नेपालले चार मोडल जेड १७ मिनी, जेड १७ लाइट, जेड 
१७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो।
कम्पनीले जेड १७ मिनी स्मार्ट फोनको मूल्य घटाउँदै २३ हजार  कायम गरेको छ। यसअघि जेड १७ मिनीको पुरानो मूल्य रु.२४ हजार ५९ थियो। जेड १७ लाइटको मूल्यमा पनि दुई हजार घटाउँदै नयाँ मूल्य रु.२६ हजार पाँच सय कायम गरेको छ।
नूबिया जेड १७ मिनी एसको नयाँ मूल्य २८ हजार कायम गरिएको छ। यसअघि यो स्मार्ट फोनको पुरानो बजार मूल्य रु.२९ हजार ५ सय थियो थियो। त्यसैगरी नूबिया भी १८ स्मार्टफोनको मूल्यमा २ हजार ५ सय घटाएर नयाँ बजार मूल्य  २५ हजार कायम गरिएको छ।।
नूबियाका स्मार्ट फोनमा घटेको बजार मूल्यमा नै यी फोनहरु नेपाल भर उपलब्ध रहेको नूबियाले जनाएको छ।
जेड १७ लाइट र जेड १७ मिनी एस स्मार्ट फोनमा कम्पनीले स्न्यापड्रागन ६५३ प्रोसेसर राखेको छ भने यसमा ६ जीबी र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ। ड्यूल रियर क्यामरा भएका स्मार्टफोनहरुमा ३२०० एमएएचको ब्याट्री ब्याकअप तथा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ। ६ जीबी र्याम भएका यी स्मार्ट फोन नेपाली बजारमा सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
८४ करोड ६५ लाखमा दुई रेल
८४ करोड ६५ लाखमा दुई रेल
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
“रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको कथा बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली”
“रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको कथा बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली”
सुर्खेत विमानस्थल विस्तारको तयारी
सुर्खेत विमानस्थल विस्तारको तयारी
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि उदयपुर सिमेन्ट उद्योगकाे उत्पादन बढ्याे
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’
सडक निर्माण तथा स्तरोन्नति
सडक निर्माण तथा स्तरोन्नति
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड

तपाईंले छुटाउनुभयो कि?