संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह

सारांश

  • काठमाडौं।
  • संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
  • संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

काठमाडौं। संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो। बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वरको स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

उनले निरीक्षण अवलोकनका क्रममा पाइएको तथ्यांकको आधारमा आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई सचेत गराउने प्रतिवद्धता जनाइन्। समितिले गत असार २७ गतेबाट सुरु भएको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि आवश्यक योजना तय गर्न प्रभावित क्षेत्रको सबै ठाउँमा स्थलगत निरीक्षण गर्ने योजना तय गरेको छ। त्यसै अनुसार काठमाडौंका स्थलगत निरीक्षणको काम सुरु गरिएको सभापति श्रेष्ठले बताइन्।
निरीक्षणको क्रममा कुलेश्वर अपार्टमेन्ट सोसाईटीले आफूहरुको करिव १ करोड ५४ लाख बराबरको क्षति भएको विवरण समिति समक्ष पेश गरेको थियो। पीडित पक्षले संसदीय समितिलाई तत्कालका लागि खानेपानी र विद्युत आपूर्तिको व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरिदिन आग्रह गरेका थिए। समितिकी सभापति श्रेष्ठले सरकारलाई बाढी पीडितको उचित व्यवस्थाका लागि आवश्यक निर्देशन दिइएको र थप व्यवस्थाका लागि पनि सचेत गराउने प्रतिवद्धता पीडित समक्ष गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध लागुऔषधसहित एक जना पक्राउ !
दुई महिनाभित्र व्यावसायिक भैँसीपालन राष्ट्रिय रणनीति बन्ने
दुई महिनाभित्र व्यावसायिक भैँसीपालन राष्ट्रिय रणनीति बन्ने
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
धनगढीको महिमा चर्चमा बम विष्फोट
धनगढीको महिमा चर्चमा बम विष्फोट
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
एमालेको तर्फबाट निर्वाचित काभ्रे धुलिखेलका वडा अध्यक्षको मृत्यु
एमालेको तर्फबाट निर्वाचित काभ्रे धुलिखेलका वडा अध्यक्षको मृत्यु
चैत २६ गते बिहिवारको राशिफल यस्तो छ
चैत २६ गते बिहिवारको राशिफल यस्तो छ
धरानमा मेलाको विरोध मा तोडफोड,स्थीती तनाबग्रस्त
धरानमा मेलाको विरोध मा तोडफोड,स्थीती तनाबग्रस्त
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

तपाईंले छुटाउनुभयो कि?