भेटियो गोप्य हतियार बनाउने कारखाना, नेपालमा बनाउँदै भारतमा बेच्दै
सारांश
- दाङमा अबैध हतियार बनाउने कारखाना फेला परेको छ ।
- नेपाल भारत सीमामा पर्ने राजपुर गाउँपालिका वडा नम्वर ७ स्थित भौवा नाकामा हतियार कारखाना भएको सूचना पाएपछी गएराती प्रहरीले त्यहाँ छापा हानेको थियो ।
- प्रहरी उक्त अबैध हतियार कारखानाबाट भरुवा बन्दुक ६ थान,एयरगण ३ थान,बारबोर राइफल १ थान,कटुवा पेस्तोल १ थान र १ थान रिभल्बर बरामद गरेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
दाङमा अबैध हतियार बनाउने कारखाना फेला परेको छ । नेपाल भारत सीमामा पर्ने राजपुर गाउँपालिका वडा नम्वर ७ स्थित भौवा नाकामा हतियार कारखाना भएको सूचना पाएपछी गएराती प्रहरीले त्यहाँ छापा हानेको थियो । प्रहरी उक्त अबैध हतियार कारखानाबाट भरुवा बन्दुक ६ थान,एयरगण ३ थान,बारबोर राइफल १ थान,कटुवा पेस्तोल १ थान र १ थान रिभल्बर बरामद गरेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त हतियार कारखानाबाट हतियार बनाउन प्रयोग हुने अन्य सामग्री पनि बरामद गरेको छ । अबैध कारखानामा बनाइएका हतियार भारत निकासी हुने गरेको प्रारम्भीक् अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी अबैध हतियार कारखाना संचालक ५९ बर्षिय जीतबहादुर बुढा र रुद्रमणी घर्तीलाई पक्राउगरी हातहतियार खरखजना मुद्दा चलाएको छ ।
प्रतिक्रिया