लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
सारांश
- काठमाडौं।
- विवादस्पद बनेको लोकसेवा आयोगको कर्मचारी भर्ना आह्वान सम्बन्धी विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको छ।
- लोक सेवा आयोगले स्थानीय तहकालागि १ हजार भन्दा बढी कर्मचारी भर्नाकालागि विज्ञापन आह्वान गरेको थियो।
काठमाडौं। विवादस्पद बनेको लोकसेवा आयोगको कर्मचारी भर्ना आह्वान सम्बन्धी विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको छ। लोक सेवा आयोगले स्थानीय तहकालागि १ हजार भन्दा बढी कर्मचारी भर्नाकालागि विज्ञापन आह्वान गरेको थियो।
सोमबार समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसँग छलफल गरेपछि लोक सेवा आयोगको विज्ञापन संविधानको भावना र मर्म विपरित रहेको भन्दै रद्द गर्न निर्देशन दिएको हो। समितिले संविधानको धारा २९३ अनुसार आयोगकलाई विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णय गरेको हो। उक्त धारामा संसदीय समितिले संवैधानिक आयोगहरुलाई निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ।
समितिले प्रदेश र स्थानीय तहको संगठन र व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दीको संख्या यकिन गरपछि मात्र समानुपातिक समावेशीको सिद्धान्तका आधारमा विज्ञापन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो।
लोक सेवा आयोगले कर्मचारी भर्ना सम्बन्धी विज्ञापन आह्वान गरेपछि संसदमा त्यसको चर्को विरोध भएको थियो। प्रतिपक्षसँगै सत्तारुढ दलका सांसदलेसमेत आयोगको विज्ञापन प्रति आपत्ति जनाएका थिए।
प्रतिक्रिया