लप्पनछप्पन पछीको दर्शकको प्रतिक्रिया मिश्रित छ – प्रकाश जंग शाह
सारांश
- देल्ली मा जन्मिएर धनगढी मा हुर्किएका प्रकाश जंग शाह अहिले नेपाली चलचित्र नगरिमा जम्ने तर्खरमा छन् ।
- उनी भन्छन्, “२००८ को ब्ल्याक बेल्ट अन जीत कुने डु मार्शल आर्ट मा ५ बर्षको अनुभब छ डान्स स्टुडेन्ट को रूप मा” ।
- रओस्कार कालेज मा फिल्म मेकिङका स्टुडेन्ट पनि हुन्, प्रकाश ।
देल्ली मा जन्मिएर धनगढी मा हुर्किएका प्रकाश जंग शाह अहिले नेपाली चलचित्र नगरिमा जम्ने तर्खरमा छन् । उनी भन्छन्, “२००८ को ब्ल्याक बेल्ट अन जीत कुने डु मार्शल आर्ट मा ५ बर्षको अनुभब छ डान्स स्टुडेन्ट को रूप मा” । रओस्कार कालेज मा फिल्म मेकिङका स्टुडेन्ट पनि हुन्, प्रकाश । शिखर न्युज का लागि अमृता खनाल ले गरेको कुराकानी ।
आर्टलाई बुझ्नु भएको छ तपाईं आर्टकै स्टुडेन्ट, कलाकारिता कत्तिको फाप्ला जस्तो लाग्छ ?
आर्टको स्टुडेन्ट भए पनि यो एकदमै बिशाल र जटिल बिषय हो, आर्ट कहिले पनि सिकेर सकिदैन । म अझै पनि सिक्दैछु । अर्को कुरा म फाप्ला कि नफाप्ला त्यो सोचेर यो क्षेत्रमा आएको होइन । बरु यो काम गर्दा मलाई खुसि मिल्छ, सन्तुष्टि मिल्छ । म त्यसकै लागि काम गर्छु ।
अहिले के मा बेस्त हुनुहुन्छ ?
आफ्नो नया फिल्मको लागि स्क्रिप्ट लेख्दैछु । यो बाहेक अर्को एउटा फिल्मको टिम संग पनि स्क्रिप्ट चरणमै काम हुदैछ आशा । गर्छु यो दुवै राम्रो होस् ।

नेपाली चलचित्रको बिकास गर्न तपाईंको योगदान कस्तो रहन्छ ?
नेपाली चलचित्रको विकासको लागि मेरो व्यक्तिगत योगदानको कुरागर्दा सधैं एउटा राम्रो फिल्म बनाएर दिनु हुनेछ । हाम्रो चलचित्रक्षेत्रलाइ राम्रो चलचित्रक्षेत्र बनाउने र यसको हितहुने हरेक सकारात्मक पक्षमा मेरो सहभागिता र समर्थन रहनेछ ।
केही म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्यो, रहर मार्यो हरायो त होइन नि ? जमिन्छ होला यो नगरिमा ?
रहर आफैमा नराम्रो त होइन तर यो कामलाइ रहरमात्रमा सिमित राख्योभने चाँही हामीले यो क्षेत्रमा देखिरहेको जस्तै रहरलाग्दा मान्छेमात्र भेट्नेछौ, आशा लाग्दो होइन । रह्यो कुरा यो क्षेत्रमा जम्नुको, मलाई देखाउनको लागि वा जम्नकोलागि काम गर्नुछैन, तर जतिपनि काम गर्नेछु राम्रोगर्ने प्रयास गर्नेछु । आफु इमान्दार भएर काम गर्नुस नतिजा जेसुकै आओस तपाई सन्तुष्ट हुनुहुनेछ र आत्मसन्तुष्टि भन्दा ठुलोकुरा अरु कुनैछैन । म यही कुरामा विश्वास गर्छु ।
कहिले उब्जियो त कलाकार बन्ने सोच या भनुम रहर ?
+2 पढ्दै गर्दा मार्शल आर्ट सक्थे, डान्स सक्थे अनि डान्स क्लबबाट गरिने हरेक स्टेज प्रोग्राम, नाटक, सडक नाटक गरिन्थ्यो । त्यो समय मेरो दैनिकीनै यतिमात्र थियो । हल्का ज्यान बनाए पछि तँ पनि हिरोभन्दा कम छैनस, भन्ने साथिहरुको कुराले रहरपलाउदै गएको हो । पछि ओस्कार फिल्म कलेजसंग ठोकिएपछि एक्टिङ सिकाउने गुरु बिनोद पौडेलले एउटा कुरा भन्नुभयो कि “एउटा राम्रो एक्टर बन्न एक्टिङ नै चाहिन्छ, जे तिमिमा छ त्यो तिम्रो प्लस पोइन्ट मात्र हो अरु केहिपनि होइन तर यदि तिमि राम्रो एक्टिङ पनि गर्न सक्यो भने तिमिमा भएको खुबीको पनि सहि मुल्यांकन हुनेछ । “ यहि कुराले मलाई र मेरो सोचलाई परिवर्तन गर्यो र यही क्षेत्रमा काम गर्ने हौसला मिल्यो ।

कतो रोल चाँही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
कथामा राम्रो पकड भएको रोल जसले पछि सम्म छाप छोडोस भन्ने लोभ त हरेक एक्टरलाइ हुन्छनै त्यो बाहेक मलाई फरक फरक रोल गर्न पाउँदा पनि रमाइलोलाग्छ जुन आफैमा चुनौती र आफुलाई प्रमाणित गर्ने अवसरपनि हो ।
लप्पनछप्पन पछी को प्रतिकृया के छ दर्सक को ?
लप्पनछप्पन पछीको दर्शकको प्रतिक्रिया मिश्रित छ । कसैले व्यक्तिगत रुपमा मेरो काम मन परेको तर फिल्म अझै राम्रो हुन सक्थ्यो भने त कसैले फिल्म राम्रो लागेको अनि मेरो कामलाइ राम्रो प्रयास गरेको भने । सबैलाई सबै कुरा मन पर्छ भन्ने छैन र त्यो सम्भबपनि छैन । प्रतिक्रिया सकारात्मक नकारात्मक जे सुकै आए म सबै प्रतिक्रिया दिनेलाइ सम्मानका साथ धन्यबाद भन्न चाहन्छु ।
प्रेम प्रस्तव हरु कत्तिको आँउछन् ?
२/ ३ जनाको सिधै प्रेम प्रस्ताब पनि नआएको होइन तर त्यो भन्दा बढी कफीको लागि, डिनरको लागि, फोन नम्बर माग्ने, मुभिको लागि भनेर प्रस्ताब आइरहन्छन प्राय । जे जस्तो प्रस्ताब आए पनि त्यो म प्रति वहाहरुको माया नै हो । त्यसको लागि म सबै प्रति कृतज्ञ छु ।

कलाकारिता बहेक अरु के गर्नुहुन्छ ?
कलाकारिता गर्छु, स्क्रिप्ट लेख्छु साथै निकट भविष्यमा निर्देशन गर्नेगरि पनि तयारी गर्दैछु । यो बाहेक अरुकुनै काम गरेको छैन र मलाई आउने पनि यही एउटा काम हो ।
यो क्षेत्र मा आउन चाहने हरु लाई के सुझाब दिनुहुन्छ ?
यो क्षेत्रमा आउन चाहने धेरै छन्, तर चाहना र रहरले मात्र पुग्दैन दुख र मेहनत गर्न पनि डराउनु भएन। सर्बप्रथम आफुमा विश्वास गर्नुस, आफ्नो कामलाई पुजा गर्नुस, देखाउनको लागि होइन इमान्दार भएर काम गर्नुस् अवस्य राम्रो हुन्छ । हजार माइलको यात्रा पनि पहिलो पाइलाबाट नै सुरु हुन्छ, एक दिन कसो गन्तब्य नभेटिएला ।
प्रतिक्रिया