जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सारांश
- काठमाडौं ।
- सिन्धुलीको सुनकोशी कमेरेफाँट विपी राजमार्गमा बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
- रामेछाप खाँडादेवीको कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २२ वर्षीया कृष्णमाया माझी र १६ वर्षीय चुनपाई लामाको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।
काठमाडौं । सिन्धुलीको सुनकोशी कमेरेफाँट विपी राजमार्गमा बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रामेछाप खाँडादेवीको कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २२ वर्षीया कृष्णमाया माझी र १६ वर्षीय चुनपाई लामाको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।
तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ, सोही ठाउँका १२ वर्षीय नीरज माझी घाइते भएका छन् । घाइतेको अवस्था जटिल रहेकाले ट्रमा सेन्टर काठमाडौं ल्याइएको अन्य घाइतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको र बाँकीको धुलिखेल अस्पतालमै उपचार भइरहेको जनाइएको छ । प्रहरीले टिपर चालक रामेछाप खाँडादेवीका ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया