बुटवल उपमहानगरपालिकाको पछिल्लो मतपरिणाममा एमाले अगाडि,
सारांश
- बुटवल उपमहानगरपालिकाको वडा नम्मवर ३ को जम्मा ३२४७ मत मध्य अहिले सम्म १२ सय मत गनिएको छ ।
- पछिल्लो मत परिणाम अनुसार कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले २१५६ मत प्राप्त गरेका छन् भने एमालेका शिव सुवेदीले २५५० मत प्राप्त गरेका छन् बडा नम्वर ३ मा पहिलो चरणमा ६ सय मत गन्दा पाण्डे र सुवेदी विच ४ सय २७ को मतान्तर थियो ।
- दोस्रो चरणमा ६ सय मत गन्दा मतान्तर घटेर ३९४ पुगेको छ ।
बुटवल उपमहानगरपालिकाको वडा नम्मवर ३ को जम्मा ३२४७ मत मध्य अहिले सम्म १२ सय मत गनिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले २१५६ मत प्राप्त गरेका छन् भने एमालेका शिव सुवेदीले २५५० मत प्राप्त गरेका छन् बडा नम्वर ३ मा पहिलो चरणमा ६ सय मत गन्दा पाण्डे र सुवेदी विच ४ सय २७ को मतान्तर थियो । दोस्रो चरणमा ६ सय मत गन्दा मतान्तर घटेर ३९४ पुगेको छ । १२ सय मत गन्दा वडा नम्मर ३ मा पाण्डेले (२५९ + २८७ )मत प्राप्त गरेका छन भने सुवेदिले (२७९ + २५४ ) मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका जगत पोखरेलले अहिले सम्मको मत गणना अनुसार १५७१ र एमालेकी गोमा आचार्यले २७४३ मत प्राप्त गरेका छन् । वडा ३ को अध्यक्षमा १२ सय मत गन्दा कांग्रेसले ४ सय १० र एमालेले ५ सय ४ मत प्राप्त गरेका छन् ।
Thulung Anil Rai
धेरै मत ल्याउनेको नाम पो अगाडि हुनुपर्ने मा किन पछाडी ?