भारतीय महिला बक्सर मेरी कोमको अर्को कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
भारतीय महिला बक्सर मेरी कोमको अर्को कीर्तिमान

सारांश

  • ३५ बर्षीया ।
  • तीन सन्तानकी आमा ।
  • यस्तो अवस्थामा बक्सिङ रिङमा उत्रनुनै प्रायले खतरनाक ठान्छन् ।

३५ बर्षीया । तीन सन्तानकी आमा । यस्तो अवस्थामा बक्सिङ रिङमा उत्रनुनै प्रायले खतरनाक ठान्छन् । तर, विश्व प्रख्यात भारतीय महिला बक्सर मेरी कोमले फेरी एक पटक आफूलाई अब्बल सावित गर्दै विश्वलाई चकित पारेकी छन् । उनले बक्सिङ रिङमा नयाँ विश्व किर्तिमान समेत बनाएकी छन् ।

३५ बर्षीया कोमले नयाँ दिल्लीमा जारी विश्व बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जित्दै नयाँ किर्तिमान बनाएकी हुन् । कोमले आइतबार भएको ४५–४८ केजीतर्फको फाइनलमा युक्रेनकी हेना ओखोटालाई ५–० अंकले स्तब्ध बनाउँदै सिंगो भारतलाई खुशी तुल्याईन् ।

कोम ६ पटक महिला बक्सिङ प्रतियागितामा स्वर्ण जित्ने पहिलो खेलाडीको किर्तिमान रचिन् । यसअघि उक्त किर्तिमान कोम र आयरल्याण्डकी केट टेलरको नाममा थियो । दुवैले समान ५–५ स्वर्ण पदक जितेका थिए । कोमले यसअघि सन् २००२, २००५, २००६, २००८, २०१० को विश्व च्याम्पियनसिपका स्वर्ण जितेकी थिईन् । सन् २००१ मा भने कोमले रजत पदकमा चित्त बुझाएकी थिईन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा दुईजनाको मृत्यु
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार
प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
रणबीर सिंहको नयाँ फिल्म ‘जयसभाइ जोरदार’
रणबीर सिंहको नयाँ फिल्म ‘जयसभाइ जोरदार’
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
को–को हुन् माओवादीको केन्द्रीय समितिमा थपिएका २४ जना महिला  ?
को–को हुन् माओवादीको केन्द्रीय समितिमा थपिएका २४ जना महिला ?
माघ १० गते पत्रपत्रिकाहरुको  सम्पादकीय समाचारहरु
माघ १० गते पत्रपत्रिकाहरुको सम्पादकीय समाचारहरु
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !

तपाईंले छुटाउनुभयो कि?