केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी

सारांश

  • नैरोबी, १३ कात्तिक : केन्याको निर्वाचन बोर्डले निर्वाचन हुन बाँकी भएको ठाउँमा चाँडै निर्वाचन गर्नेबारेमा निर्णय हुने अपेक्षा गरेको छ ।
  • निर्वाचन बहिष्कार गरेको विपक्षी दलहरुले नियन्त्रणमा लिएका ठाउँहरुमा तत्काल निर्वाचन गराउन वा राष्ट्रपति उहुरु केन्याटालाई विजयी भएको घोषणा गर्न पनि दबाब परेको छ ।
  • तर विपक्षी दलका नेता राईला ओडिङ्गका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

नैरोबी, १३ कात्तिक : केन्याको निर्वाचन बोर्डले निर्वाचन हुन बाँकी भएको ठाउँमा चाँडै निर्वाचन गर्नेबारेमा निर्णय हुने अपेक्षा गरेको छ ।

निर्वाचन बहिष्कार गरेको विपक्षी दलहरुले नियन्त्रणमा लिएका ठाउँहरुमा तत्काल निर्वाचन गराउन वा राष्ट्रपति उहुरु केन्याटालाई विजयी भएको घोषणा गर्न पनि दबाब परेको छ ।

तर विपक्षी दलका नेता राईला ओडिङ्गका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध प्रदर्शन गरेका छन् । ओडिङगाले बहिष्कार गरेकाले केन्याटा जबर्जस्त विजयी हुने सुनिश्चित रहेको छ ।

सात दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा नौ जनाको मृत्यु भएको छ भने त्यत्तिकै संख्यामा घाइते भएका छन् ।

यसअघि पहिलो पटक गत अगस्ट ८ तारिखमा भएको राष्ट्रपतीय निर्वाचनदेखि अहिलेसम्म निर्वाचनका क्रममा ४९ जनाको निधन भएको छ ।

पछिल्लो राष्ट्रपतीय निर्वाचनका कारण केन्यामा राजनीतिक ध्रुवीकरण बढ्दै गइरहेको छ भने राजनीतिक संकट पनि लम्बिने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?