कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या

सारांश

  • काठमाडौं।
  • चीनमा रहस्यमयी कोराना भाइरस फैलिएपछि त्यहाँ अन्य कारणले ज्यान गुमाएका एक नेपालीको शवर नेपाल ल्याउन समस्या भएको छ।
  • बेइजिङस्थित नेपाली राजदूतावासको हवला दिँदै बीबीसी नेपालीले चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको जनाएको छ।

काठमाडौं। चीनमा रहस्यमयी कोराना भाइरस फैलिएपछि त्यहाँ अन्य कारणले ज्यान गुमाएका एक नेपालीको शवर नेपाल ल्याउन समस्या भएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासको हवला दिँदै बीबीसी नेपालीले चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको जनाएको छ।

चीनको वुहानमा दोलखाका ४० वर्षीय पस्कर खड्काको हृदयघातका कारण मृत्यु भएको थियो।

नयाँ घातक भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका खड्काको शव नेपाल ल्याउन समस्या भएको हो।

करिब १५ वर्षदेखि वुहानस्थित एउटा रेस्टुरेन्टमा कार्यरत खड्काको शव नेपाल पठाउन कानुनी प्रक्रिया सुरु भइसकेको दूतावासका अधिकारीले बताएको बीबीसी नेपाली सेवाले जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ।

६ सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार हालसम्म चीनमा रहेका नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको सूचना आएको छैन।

दूतावासले चीनमा रहेका सबै नेपालीलाई उक्त भाइरसबाट बच्ने उपायहरू अपनाउन र आवश्यक परे सहायताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ।

दूतावासले बिहीवार जारी गरेको सूचनामा बेइजिङस्थित दूतावासका साथै ग्वाञ्जाओ, ल्हासा र हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास तथा साङ्घाईस्थित अवैतनिक नेपाली महावाणिज्य दूतसँग सम्पर्कमा रहन भनिएको छ।

नेपाली दूतावासका अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार विद्यार्थी र विभिन्न पेसा तथा व्यवसायमा संलग्न गरी करिब १२ हजार नेपालीहरू रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने
गोठ भत्किँदा बालिकाको मृत्यु
गोठ भत्किँदा बालिकाको मृत्यु
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
प्रधानमन्त्री कार्यालय पनि पुनर्संरचना गरिने, कस्तो बन्छ?
प्रधानमन्त्री कार्यालय पनि पुनर्संरचना गरिने, कस्तो बन्छ?
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल
प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट
प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता

तपाईंले छुटाउनुभयो कि?