रोजेकै ठाउँमा उपसचिव खटाइयो, अधिकांश केन्द्रमै बसे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
रोजेकै ठाउँमा उपसचिव खटाइयो, अधिकांश केन्द्रमै बसे

सारांश

  • काठमाडौं ।
  • सरकारले ८ सय ४८ जना उपसचिवलाई रोजेको समायोजन गर्दै संघ, प्रदेश र स्थानीय तहमा जिम्मा दिएको छ ।
  • समायोजन भएकामा सबै संघमा बसेका छन् ।

काठमाडौं । सरकारले ८ सय ४८ जना उपसचिवलाई रोजेको समायोजन गर्दै संघ, प्रदेश र स्थानीय तहमा जिम्मा दिएको छ । समायोजन भएकामा सबै संघमा बसेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार अनलाइन फाराम भरेको आधारमा ८ सय ४८ जना उपसचिवको समायोजन गरिएको हो ।

समायोजन गरिएकामध्ये सबैभन्दा बढी संघमा बसेका छन् । ८ सय ३६ जनालाई संघमा राखिएको छ, प्रदेशमा ८ जना र स्थानीय तहमा ४ उपसचिवलाई पठाइएको मन्त्रालयले जनाएको छ ।

समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेलका आधारमा मन्त्रालयको वेबसाइटबाटै समायोजनको पत्र बुझेका छन् । करीब २ हजार उपसचिव ३ वटै तहमा समायोजन हुने बताइएको छ । सरकारले रोजेकै स्थानमा समायोजन गरेको हो ।

उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?