महतोलाई निधिको चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
महतोलाई निधिको चेतावनी

सारांश

  •  नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न प्रतिष्पर्धी राजेन्द्र महतोलाई सुझाव दिएका छन् ।
  • झुटको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।
  • शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी माता सीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए ।

 नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न प्रतिष्पर्धी राजेन्द्र महतोलाई सुझाव दिएका छन् ।

झुटको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।

शनिबार जनकपुरमा आयोजित चुनावीसभामा बोल्दै नेता निधिले बोलीमाथि लगाम नराखे प्राचिन मिथिलाको राजधानी माता सीताको भुमि जनकपुर विष्फोट हुन सक्ने बताए ।

निधिले भने,‘सीताको जन्म धरती जनकपुरको आफ्नै शैली छ । सीतामाताको तागत विष्फोट भएपछि ठुलाठुला रावणको बोलीमाथि पनि लगाम लागेको छ ।’

जनकपुरवासी शालिन छन्, उनले भने,‘हामी हो–हल्ला गर्दनौँ । तर, मौका परेको बेला एकपटक ताके हावा हुरीमा उड्न बेर छैन ।’ एक इञ्च विकासको काम नगरेका व्यक्ति अहिले बढाई चढाई कुरा गरिरहेको भन्दै निधिले महतोको आलोचना गरे ।

बाटो बिर्सिएर अहिले धनुषाबाट चुनाव लड्न आएका उनी जनताको अधिकारका लागि कतिपटक जेल गएको देखाउन निधिले चुनौती दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapa Sunil

    कुरो सहि हो महतो साले त कुत्ता हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?