भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
११
|
२९ पटक हेरिएको
Shares
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“

सारांश

  • टोलटोलमा खसी, हातहातमा पैसा, घरघरमा भात’ अभियान चलाएको बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार  ……….
  • .
  • १६ असार ।

टोलटोलमा खसी, हातहातमा पैसा, घरघरमा भात’ अभियान चलाएको बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार  ………..१६ असार । सर्वोच्चले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएका बालकृष्ण ढुंगेलको गाउँ ओखलढुंगाको पोकलीमा माओवादी नराम्ररी पराजित भएको छ ।

ढुंगेलकै निर्देशनमा माओवादीले ‘टोलटोलमा खसी, हातहातमा पैसा, घरघरमा भात’ अभियान चलाएको थियो । माओवादीको उद्रगम थलोका रुपमा समेत परिचित पाकली लिखु गाउँपालिकाको वडा नम्बर–९ मा पर्छ । सो वडा ढुंगलको गाउँ त हो नै माओवादीका संस्थापक नेता ओमकुमार सुवेदीको पनि गाउँ हो । शसस्त्र युद्धका बेला निकै चर्चामा रहेका पुष्कर गौतमको पनि गाउँ त्यही हो । सुवेदी अहिले माओवादीको सल्लाहकार कमिटीमा छन् । गौतम जेलमा छन् । माओवादीका जिल्ला इञ्चार्ज बाबुराम गौतमको गाउँ पनि पोकली नै हो ।

संविधानसभाको पहिलो निर्वाचनमा ढुंगेल सोही गाउँको भोटबाट विजयी भएका थिए । ‘माओवादीको यो गाउँ आधार इलाका हो,’ एमालेकै एक नेताले भने, ‘ शसस्त्र युद्धका बेला रोल्पा भन्दा शक्तिशाली थियो, माओवादीका लागि यो गाउँ । माओवादी बाहेक अरुले यहाँ बोल्ने होइन शीर ठाडो पारेर पनि हिड्न सक्ने अवस्था थिएन ।’ उनले माओवादीको आधार इलाका भत्काउन सकेकोमा खुशी व्यक्त गरे ।

अझ गज्जब त के छ भने यो वाडमा बालकृष्णकै भाई केशव ढुंगेल वडाध्यक्षको उम्मेदवार थिए । उनलाई जिताउन बालकृष्णले ‘पैसाको चिन्ता नलिनू, जिताएर पठाउनू’ भनेर निर्देशन नै दिएका थिए ।

काठमाडौँदेखि आतेजाते भाडाको समेत व्यवस्था गरेर धेरैलाई माओवादीले गाउँ फर्क अभियान नै चलाएको थियो । तर, माओवादीका ती सबै प्रयास खेर गए । त्यहाँबाट एमालेका उम्मेदवार सुकवीर तामाङले ४ सय ५६ मत ल्याएर विजयी भए । त्यस वडामा १३ सय १ मत खसेको थियो । माओवादीका उम्मेदवार ढुंगेलले ३ सय ६८ मत मात्र ल्याए

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Shas Gurung

    Dherai ramro

    Comment Author

    Tek Bdr Basnet

    गफ मात्रै हो

    Comment Author

    Kalyan Sunuwar

    Great win

    Comment Author

    Ananda Bhusal

    निकै बढी फुर्ति लगायो यो ठेलागाडेले।करिब ८० मतान्तरले जितहार हुनु लज्जास्पद हो भने माअोबादीको ८०० मत अाउदा ३ मत एमालेको अाएको पनि यो चुनाबमा देखियो यो कस्तो हार जित हो ए ठेलागाडे?

      Comment Author

      अशोक मगर जय

      Uml le gare khau vaner diyko nvay tiha pani hartheyu hre maubadi

    Comment Author

    Netra Khanal

    नेकपा एमाले जिन्दावाद

    Comment Author

    Madan Kandel

    असार को खहरे,यी “केटा “लाई समुन्द्र सम्म बुझ्न गाह्रो छ।बरा-जत्रो लोहोठा ,उति नै पानी…

    Comment Author

    Pradip Roka

    ल बधाई छ

    Comment Author

    Bhuraj Barakoti

    Amale sahidirga margama matra paila chaldaixa ? ok bal bachha mahila jestNagarik lagayet garibi haru – Mainas ko piditlai seam Leval ma bikashko gantabbaya ma Agghibadne @sathi ho Amale .ok banduk bom Amale lai munpardaina …sai pani Amale maipani Amale .

    Comment Author

    Hari Lal

    Joshilo lal salam

    Comment Author

    Samjhana Khadka

    congratulations mawadilai pakha lagaunu parxa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?