४० वर्षे न्यायमा काम गरेका प्रधानन्यायाधीश मिश्रले लिए विदाइ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
४० वर्षे न्यायमा काम गरेका प्रधानन्यायाधीश मिश्रले लिए विदाइ

सारांश

  • काठमाडौं ।
  • प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण मंगलबारबाट अवकास लिएका छन् ।
  • सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए ।

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण मंगलबारबाट अवकास लिएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए । सर्वोच्चमा एक कार्यक्रम गरी उनलाई विदाइ समेत गरिएको छ ।

प्रेस विज्ञप्ति जारी गरी आफ्नो तेतृत्वकालमा सहयोग गर्नेलाई धन्यवाद दिएका छन् । कानुनको क्षेत्रमा आफूले समर्पित गरेका ४० वर्षे लामो अनुभवले प्रधानन्यायाधीशसम्म बनेको बताएका छन् । उनी शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेर प्रधानन्यायाधीश बन्न सफल भएका हुन् ।

न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उहाँले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् शुभकामना दिएका छन् ।

उमेरहदका कारण अवकास भएपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको छ । आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?