विद्याकी देवी सरस्वती पूजा गरेर मनाइँदै श्रीपञ्चमी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
विद्याकी देवी सरस्वती पूजा गरेर मनाइँदै श्रीपञ्चमी

सारांश

  • काठमाडौं ।
  • प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
  • वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागिसकेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
आज विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
आज विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !
कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण
कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण
राप्रपाको प्रतिबद्धता निषेध गर्ने आयोगको कदमप्रति आठ पार्टीका नेताले के भने ?
आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति

तपाईंले छुटाउनुभयो कि?