प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
५३ पटक हेरिएको
Shares
प्रदेश कमिटीबाहेक युवा सङ्घको एकता टुङ्गियो

सारांश

  • राष्ट्रिय युवा सङ्घले प्रदेश कमिटीबाहेक सबै एकता प्रक्रिया टुङ्गो लगाएको छ ।
  • बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको सङ्घका संयोजक रामप्रसाद सापकोटाले बताउनुभयो ।
  • उहाँका अनुसार युवासङ्घले ७७ जिल्लाका संयोजक, सहसंयोजक, इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको छ ।

राष्ट्रिय युवा सङ्घले प्रदेश कमिटीबाहेक सबै एकता प्रक्रिया टुङ्गो लगाएको छ ।

बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको सङ्घका संयोजक रामप्रसाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार युवासङ्घले ७७ जिल्लाका संयोजक, सहसंयोजक, इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको छ । सतहत्तर जिल्लामध्ये साविक युवासङ्घको ४२ र योङ कम्युनिष्ट लिग (वाइसिएल) ३५ जिल्लाको नेतृत्व तथा ४० जिल्ला इञ्चार्ज वाइसिएल र ३७ जिल्ला इञ्चार्ज साविक युवा सङ्घको रहने गरी टुङ्गो लगाइएको छ ।

प्रदेशको पनि चार प्रदेश युवा सङ्घ र तीन प्रदेश वाइसिएलले लिने गरी सहमति भए पनि कसको भागमा कुन भन्ने टुङ्गो नलगाएको सङ्घका सहसंयोजक रमेश पौडेलले जानकारी दिनुभयो ।
यस्तै ३१ वटा विभागको टुङ्गोसमेत लगाइएको छ । साविक युवा सङ्घले १५ र साविक वाइसिएलले १५ वटा विभाग लिने सहमति भएको छ ।

यस्तै छ महानगरपालिका र ११ वटा उपमहागरपालिकाको संयोजक, सहसंयोजक तथा इञ्चार्ज र सहइञ्चार्ज पनि टुङ्गो लागेको छ । काठमाडौँ, पोखरा र चितवनका साविक युवा सङ्घ तथा विराटनगर, वीरगञ्ज र ललितपुर साविक वाइसिएलको नेतृत्व रहेको छ ।

यस्तै ११ उपमहागरपालिकामध्ये धरान, जीतपुर सिमरा, घोराही र नेपालगञ्ज साविक युवा सङ्घ र बाँकी सात वटा उपमहानगरपालिकामा वाइसिएलको इञ्चार्ज भएका छन् । सङ्घले सबै जिल्ला कमिटी र मातहतका कमिटीको एकता आगामी कात्तिक महिना र केन्द्रीय तहको एकता यही असोज महिनाभित्र गरिसक्ने सङ्घका सहसंयोजक पौडेलले जानकारी दिनुभयो ।

यस्तै लेखा र निर्वाचन आयोग साविक युवा सङ्घ तथा अनुशासन आयोग साविक वाइसिएलले पाउने गरी बाँडफाँट गरिएको छ । बैठकले लोकराज आचार्य र सन्तोष मगरलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । दुई सङ्गठनको एकतापछि बनेको युवा सङ्घमा अहिले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

(store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?