ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

सारांश

  • काठमाडौं।
  • ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर आज ४.
  • ६ रिक्टर स्केलको भूकम्प गएको छ ।
काठमाडौं। ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर आज ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
उनका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ ।
यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?