सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख
सारांश
- काठमाडौं, ३१ साउन ।
- उपसभामुख डा.
- शिवमाया तुम्बाहाङ्फेले सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्ने बताएकी छन् ।
काठमाडौं, ३१ साउन । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्ने बताएकी छन् । तेह्रथुमको आठराई संक्रान्तिस्थित सामुदायिक रेडियो आठराईको अनलाइन संस्करण काठमाडौंमा बुधबार शुभारम्भ गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले जनताको चेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमले सहयोगी भूमिका खेल्ने बताइन् ।
“जनताको चेतना बृद्धि गर्न सञ्चारमाध्यमले धेरै मद्दत पुग्छ”, उनले भनिन्, ‘जनतालाई केन्द्रबिन्दुमा राखेर सञ्चारमाध्यमले सूचना दिनुपर्छ ।” समाजमा नकारात्मकमात्रै होइन सकारात्मक क्रियाकलाप पनि हुने उल्लेख गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले त्यस्ता विषयवस्तुमा पनि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरिन् ।
संसदले धेरै कानुनहरुलाई टुंगो लगाइरहेको बताउँदै उपसभामुखले महिला, अल्पसंख्यक र पछाडि पारिएको समुदायका पक्षमा कानुनहरु निर्माण हुनेमा ढुक्क रहन अपिल गरिन् । कार्यक्रममा पूर्वराज्यमन्त्री सीता गुरुङ, प्रतिनिधिसभाका सांसद भवानी खापुङलगायतले रेडियोको सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया