महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारप्रति सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले व्यंग गरेका छन् ।
  • बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बस्नेतले सत्ता स्वादबाहिर बस्ने नसक्ने कांग्रेसले छाया सरकार गठन गरेको भन्ने कुरा आफूलाई त्यस्तो नलागेको बताए।
  • उनले कांग्रेसले सरकारसँग संवाद र सहकार्य गर्नका लागि नै छाया सरकार गठन गरेको होला भन्ने आफूलाई लागेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारप्रति सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले व्यंग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बस्नेतले सत्ता स्वादबाहिर बस्ने नसक्ने कांग्रेसले छाया सरकार गठन गरेको भन्ने कुरा आफूलाई त्यस्तो नलागेको बताए। उनले कांग्रेसले सरकारसँग संवाद र सहकार्य गर्नका लागि नै छाया सरकार गठन गरेको होला भन्ने आफूलाई लागेको बताए ।

’संवाद र सहकार्यको लागि गठन गरेको होला। संवाद र सहकार्य अगाडि बढाओस्। रचनात्मक प्रतिपक्ष भूमिका र आलोचनात्मक समर्थन गरेर अगाडि बढोस्’, सांसद बस्नेतले भने, ’४८ सदस्यीय मन्त्रिमण्डल गठन भएको रहेछ। कार्यकाल २०(३० वर्ष रहोस्, शुभकामना!’ संसद बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकको विरोधमा र प्रतिपक्षी राजपाले मधेस र थारुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरोध गरेका थिए। सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानाकर्षण गराएपछि सदनको कारबाही अगाडि बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?