सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १७, २०७९
|
|
२२ पटक हेरिएको
Shares
सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच

सारांश

  • सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
  • मकवानपुरको हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।
  • सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै उनले पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज लिने गरेका थिए ।

सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै उनले पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज लिने गरेका थिए । सोको आधारमा पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखेको खुलासा भएको छ । उनले पीडितको नाममा मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम समेत निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका खुलेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम गुरुङले हात पारे सर्वोतकृष्ट लोकदोहोरी अवार्ड
मौसम गुरुङले हात पारे सर्वोतकृष्ट लोकदोहोरी अवार्ड
बिरगंज महानगरमा  राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
बिरगंज महानगरमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक
मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
ठाकुर ज्ञवाली आइजीपी
ठाकुर ज्ञवाली आइजीपी
पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन: प्रधानमन्त्री ओली
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
Glory Gambling Establishment ️ Play On The Internet On Official Site In India Beauty Casino Could Be The New Online Casino Throughout India Sign Upwards For Glory Casino And See For Yourself That It Will Be One Of The Best Gambling Sites Out There %

तपाईंले छुटाउनुभयो कि?