तीन सय किलो हात्तीका दाँत बरामद

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
५० पटक हेरिएको
Shares
तीन सय किलो हात्तीका दाँत बरामद

सारांश

  • काठमाडौँ ।
  • विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ ।
  • ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।

काठमाडौँ । विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि ९साइटिस० को कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल र विश्व भन्सार सङ्गठनले अवैध कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्ति पक्राउ गरेको छ । साइटिस महासविच इभोन हिगुएरोले यो तथ्याङ्कलाई निकै डरलाग्दो अवस्था भएको टिप्पणी गरे । वन्यजन्तु अपराध अनुन्धानमा संलग्न उनले अन्तर्राष्ट्रिय आपराधिक जालोलाई कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न सफल दुर्लभ वन्यजन्तु र वनस्पति लोप भएर जाने सम्भावना रहेको बताए । 

उनले विश्वव्यापी यो अपराधलाई जित्न पक्ष राष्ट्रहरूबिच थप समन्वय र सहयोगका लागि विश्व समुदायलाई आग्रह पनि गरे । महासचिव हिगुएरोले नक्कली कागज र प्रमाण बनाएर, अनुमति पत्रहरू किर्ते गरेर, ओसारपसारको अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक वस्तु ओसारपसार गर्ने गरेकाले सीमा नाका तथा भन्सार कर्मचारीलाई प्रशिक्षण हुनुपर्नेमा जोड दिए । नेपाल साइटिसको पक्ष राष्ट्र हो ।

साइटिस कार्यालयले दिएको जानकारी अनुसार बरामद भएका मध्ये तीन सय किलोग्रामभन्दा बढी हात्तीका दाँत मात्र छन् । ३० टन वनस्पतिको जरा, डाँठ, पात, फूल तथा फल छन् भने एक सय टनभन्दा बढी कछुवाका अन्डा पनि  छन् । सयभन्दा बढी गैँडाको सिङ, बाघका छाला पक्राउ परेका छन् । जफत गरिएका मध्ये दुर्लभ चराका अङ्ग, अजिङ्गरका दाँत, बिरालो प्रजातिका वन्यजन्तुका छाला र पित्त, समुद्री प्रजातिका माछाका अन्डा पनि छन् । विभिन्न स्थानमा पक्राउ परेका ४४० पानी जहाजले बोक्न सक्ने साइटिसको अनुसूचीमा परेका रक्तचन्दन जस्ता काठ पनि छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विन्दवासिनी बचत तथा ऋण सहकारीको नयाँ कार्यालयबाट कारोवार सुरु
विन्दवासिनी बचत तथा ऋण सहकारीको नयाँ कार्यालयबाट कारोवार सुरु
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
बैंक तथा बित्तिय सस्थाहरुलाई कारवाही गर्ने !
बैंक तथा बित्तिय सस्थाहरुलाई कारवाही गर्ने !
ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’
ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे
गगनजी, तपाईं र शेरबहादुरलाई भोट दिनुमा केही भिन्नता छ र ?- रमेश वडाल, अधिवक्ता
गगनजी, तपाईं र शेरबहादुरलाई भोट दिनुमा केही भिन्नता छ र ?- रमेश वडाल, अधिवक्ता
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
विश्वकप फुटबल २०१८:  रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
विश्वकप फुटबल २०१८: रगतपछिको हाँसाे र बुइ चढेका मेस्सी
1xbet Mobile Yukle 1xbet Apk & App Android, Iphone Ilə Idman Mərcləri Üçün Mobil Proqramlar 1xbet Co
पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ
पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ