आगलागीपीडितलाई हिमाली गाउँ संरक्षणको सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आगलागीपीडितलाई हिमाली गाउँ संरक्षणको सहयोग

सारांश

  • बनेपा, ३ फागुन, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीस्थित छापका आगलागीपीडित गङ्गाबहादुर तामाङको परिवारलाई हिमाली गाउँ संरक्षण समितिले सहयोग प्रदान गरेको छ ।
  • संस्थाका अध्यक्ष नीरध्वज लामा नेतृत्वको टोलीले पीडित परिवारलाई खाद्यान्न, भाँडाकुँडा, भान्साका लागि आवश्यक पर्ने भाँडादेखि खाद्यान्न सामान र लत्ताकपडा उपलब्ध गराएको हो ।
  • “पीडित परिवारलाई राहतस्वरुप तत्कालका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएका हौँ”, लामाले भन्नुभयो, “समस्या परेका परिवारलाई संस्थाको तर्फबाट मलम लगाउन सानो सहयोग हो ।

बनेपा, ३ फागुन, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीस्थित छापका आगलागीपीडित गङ्गाबहादुर तामाङको परिवारलाई हिमाली गाउँ संरक्षण समितिले सहयोग प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष नीरध्वज लामा नेतृत्वको टोलीले पीडित परिवारलाई खाद्यान्न, भाँडाकुँडा, भान्साका लागि आवश्यक पर्ने भाँडादेखि खाद्यान्न सामान र लत्ताकपडा उपलब्ध गराएको हो । “पीडित परिवारलाई राहतस्वरुप तत्कालका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएका हौँ”, लामाले भन्नुभयो, “समस्या परेका परिवारलाई संस्थाको तर्फबाट मलम लगाउन सानो सहयोग हो ।”

उहाँले चामल, दाल, तेल, नुन, चिनी, चियापत्ती, चाउचाउ, खाना पकाउने भाँडा, थाल, बाटा, पानी थाप्ने ड्रम, सिरक, डस्ना, सिरानी र तन्नालगायतका सामग्रीहरु उपलब्ध गराउनुभएको छ ।

गत माघ २६ गते राति विद्युत् सर्ट भई आगलागी हुँदा गङ्गाबहादुर तामाङको दुईतले घर जलेर नष्ट हुँदा नगद रु तीन लाख ५० हजार, धान, मकै, कोदो, तोरी, लत्ताकपडा र भाँडाकुँडा गरी कूल रु १५ लाख बराबरको क्षति भएको थियो ।

घर ध्वस्त भएपछि अहिले छ जनाको परिवार नजिकैको छिमेकीको घरमा बस्दै आएको छ । घर जलेर नष्ट भएपछि खाद्यान्न र भाँडाकुडा, ओड्ने ओछ्याउने र लगाउनेबाहेकका अरु लत्ताकपडासमेत केही नभएकाले निकै समस्यामा परेको पीडित तामाङले संस्थाको तर्फबाट प्राप्त सहयोगले धेरै राहत मिलेको बताउनुभयो । त्यसरी समस्यामा रहेको परिवारलाई नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा बनेपाले पनि तत्कालका लागि राहतस्वरुप लत्ताकपडा र भाँडाकुडा उपलब्ध गराएको पीडित तामाङले बताउनुभयो ।

(https://mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साकारको ‘म्याजिक’ सार्वजनिक
साकारको ‘म्याजिक’ सार्वजनिक
आयातित औलो निवारणको चुनौती
आयातित औलो निवारणको चुनौती
हामी छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेका थियौं : प्रचण्ड
हामी छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेका थियौं : प्रचण्ड
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ कट्यो (मृतकको विवरणसहित)
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने
प्रतिपक्षी सांसदले प्रधानमन्त्रीको नाम किन यसरी विगारे ?
प्रतिपक्षी सांसदले प्रधानमन्त्रीको नाम किन यसरी विगारे ?
उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ : प्रधानमन्त्री
उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ : प्रधानमन्त्री
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा
राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा

तपाईंले छुटाउनुभयो कि?