प्रतिपक्षी सांसदले प्रधानमन्त्रीको नाम किन यसरी विगारे ?
सारांश
- नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकार असफल भएको दाबी गरेका छन् ।
- संसद बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले ओली सरकारको चर्को आलोचना गरेका हुन्।
- उनले प्रधानमन्त्री केपी शर्मा ओलीले केही काम नगरी हावादारी कुरा गर्दै हिँडेको आरोप लगाए ।
नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकार असफल भएको दाबी गरेका छन् । संसद बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले ओली सरकारको चर्को आलोचना गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले केही काम नगरी हावादारी कुरा गर्दै हिँडेको आरोप लगाए । उनले भने, ’सरकार हरेक काममा असफल भइरहेको छ।
काण्डैकाण्डमा फसेको छ। जथाभावी कर बढाएर उहाँ करप्रसाद ओली बन्नु भएको छ।’ उनले थपे, ’उहाँले झुटको खेती गरेकोले उहाँको नाम झुटप्रसाद ओली उपनाम राख्दा केही फरक पर्दैन।’ सांसद चौधरीले सरकारका मन्त्रीहरूले हावादारी गफ गर्दै हिडेको आरोप लगाए ।
उनको धारणा सकिएपछि बोलेका सत्तापक्षका सांसद झापटबहादुर रावलले सांसद चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बिगारेको भन्दै आपत्ति जनाए । उनले जनाताको प्रतिनिधिले असभ्य भाषा बोलेको आरोप लगाए ।
उनले प्रश्न गरेका गरे, ‘हामिले यस्तो बोल्दा जनताले के सिक्ने ? सम्माननीय प्रधानमन्त्रीको नाम बङ्ग्याएर करप्रसाद झुटप्रसाद राख्नुभयो । प्रतिपक्षी दलको नेताको जो आदरणीय हुनुहुन्छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सट्टा हामीले छेरबहादुर भन्न बाध्य भए के हुन्छ ?’
उनले सभामुखसमक्ष उक्त भनाई रेकर्डबाट हटाउनसमेत माग गरेका छन् ।
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’
नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ ।
योगीले हिन्दु राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा जोड दिए । यो समाचार आजको नागरिक दैनिकमा कमलराज भट्टले लेखेका छन् ।
प्रतिक्रिया