फेसबुक, ट्वीटरमा पनि कर लाग्ने
सारांश
- काठमाडौं, ४ भदाै।
- संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।
- समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।
काठमाडौं, ४ भदाै। संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई निर्देशन दिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया