उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०८०
|
|
३४ पटक हेरिएको
Shares
उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरिँदैछ : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्न थालेको बताएका छन् ।
  • वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्दै उनले कृषिमा राज्यको लगानी नघटेको र उत्पादकत्व नबढेको उल्लेख गरे ।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्न थालेको बताएका छन् ।

वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्दै उनले कृषिमा राज्यको लगानी नघटेको र उत्पादकत्व नबढेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, “सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पु¥याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानलाई चालु आर्थिक वर्षभित्र एकीकृत गरी आगामी आर्थि वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिँदैछ ।” प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली’ लागू गरिने जानकारी दिँदै उनले किसानको दूधको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी गरिने जानकारी दिए ।

“तर यी सुधारले मात्रै कृषि क्षेत्रले फड्को मारिहाल्ने अवस्था छैन”, प्रधानमन्त्री दाहालले भनने । किसानका लागि समयमै चार लाख एक हजार मेट्रिक टन रासायनिक मल सुनिश्चित गरिएको जानकारी दिँदै उनले सतह र भूमिगत सिँचाइ आयोजनाबाट थप २१ हजार एक सय ६९ हेक्टरमा सिँचाइ सुविधा पुराईयको तथा यस अवधिमा दुई सय ९६ डिप ट्युबवेल र तीन हजार दुई सय ४४ स्यालो ट्युबवेल सिँचाइ प्रणालीको निर्माण भएको बताए ।

कृषिमा अब परम्परागत ढङ्गले सोचेर पुग्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक (विसं २०८१–२०९१) नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी रहेको जानकारी दिए ।

“आगामी असार मसान्तसम्म ३० प्रयोगशालासहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्र निर्माण सम्पन्न हुँदैछ”, प्रधानमन्त्री दाहालले भने, “कृषि उपजको बढ्दो आयात, जलवायु परिवर्तनलगायत कारणले कृषि क्षेत्रमा परेको चाप कम गरिने छ ।”

प्रमुख कृषि उपजमा आत्मनिर्भरता हासिल गर्न ठूला सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा मल, बीउको सुनिश्चितता एवं संरचनागत सुधारसहित १७ हजार हेक्टरमा चैते धानखेती प्रवद्र्धन गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

कृषि उत्पादनको प्रमुख आधार सिँचाइको विस्तार गर्न समग्र तराई क्षेत्र सिञ्चित हुने गरी नहर प्रणाली विकास गर्ने कार्य प्रारम्भ हुने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?