मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै

सारांश

  • खलङ्गा, ६ फागुन, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले अतिक्रमण गरेर मापदण्ड विपरित घर टहरा निर्माण गरिरहेका छन् ।
  • बजार क्षेत्र आसपासमा स्थानीयले अतिक्रमण गरी निर्माण कार्य शुरु गरेका हुन् ।
  • मापदण्डविपरित बनाएका घर टहरा निर्माण हुँदा पनि नगरपालिका मौन छ ।

खलङ्गा, ६ फागुन, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा स्थानीय बासिन्दाले अतिक्रमण गरेर मापदण्ड विपरित घर टहरा निर्माण गरिरहेका छन् ।
बजार क्षेत्र आसपासमा स्थानीयले अतिक्रमण गरी निर्माण कार्य शुरु गरेका हुन् । मापदण्डविपरित बनाएका घर टहरा निर्माण हुँदा पनि नगरपालिका मौन छ ।

चन्दननाथ नगरपालिका घोषणा भएको लामो समय बितिसके पनि नगरपालिकाले बनाएको मापदण्ड कार्यान्वयनमा आएको छैन । स्थानीयबाट बजार क्षेत्रभित्र घर टहरा निर्माण गर्दा सडकबाट छोडिनु पर्ने न्यूनतम दुरी नराखी घर टहरा निर्माण भइरहेका छन् । घर निर्माण गर्दा अनिवार्य नक्सा पास र स्वीकृत लिनुपर्ने प्रावधान पनि नगरवासीले मिचेका छन् । बजार क्षेत्रका स्थानीयले नगरपालिकाको मापदण्ड मिचेर घर बनाउनुका साथै सडकमा निर्माण साम्रगी राखेर आवतजावतमा समेत अवरोध पु¥याएका छन् ।

अतिक्रमण गरेर बनाइएका टहराले बजार क्षेत्रका सडकमा चल्ने सवारी साधानलाई गाह्रो भएको सनराइज यातायात जीप चालक रवि जीसीले बताउनुभयो । जिल्लाभित्र मात्र होइन जिल्लाको तातोपानी, रारालिही, कुडारी, सिजासमेत क्षेत्रमा दिनदिनै सडकमै घर टहरा थपिएका छन् । सडक मिचेर बनाइने घर टहरा र पक्की घरनै नक्सा पास गरेका छैनन् । यसरी नै बस्ती विस्तार हुने हो भने केही समयपछि नियन्त्रण गर्न सकिँदैन चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जनसिंह कठायतले बताउनुभयो । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भए पनि जनप्रतिनिधिले काम गर्न सकेको छैन भन्छन् स्थानीय कालीबहादुर रोकाया । नगरपालिकाले फोहोर व्यवस्थापन, सडक, ढल, खानेपानीलगायतका पूर्वाधारसमेत पुरानै शैलीबाट सञ्चालन गरिरहेका छन् । तर नगरपालिकाले व्यवस्थित गररै यसलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्ने तयारी रहेको जनाएको छ ।

पाँच वर्षको आवधिक योजना निर्माण थालिसकेकाले केही महिनाभित्र आवधिक योजना बनेपछि त्यसलाई टेकेर नगर क्षेत्रको विकासका काम हुने नगरपालिका प्रमुख कात्तिका सेजुवालले बताउनुभयो । प्रमुख सेजुवालले घर टहरा निर्माणमा मापदण्ड कार्यान्वयन गर्न चुनौती रहेकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारलाई ऐन कानून बनाउन प्रदेश कानून बनि नसकेकाले गाह्रो भएको उनको भनाइ छ । हामीले हाम्रो नगरपालिकाको कानून बनाई सकेपछि कसैले पनि कानून र कार्य विधि मिचेर कुनै संरचना निर्माण गर्न पाउने छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि
कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन
कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
अब क्रिकेट खेलाडीले पारिश्रमिक पाउने
अब क्रिकेट खेलाडीले पारिश्रमिक पाउने
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
राजेश पायल राईको नयाँ गीत ‘रङ्गियो रे सिउँदो’ ‘भिडियो’
राजेश पायल राईको नयाँ गीत ‘रङ्गियो रे सिउँदो’ ‘भिडियो’
ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने
ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने
प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज, नयाँ मर्यादाक्रम यस्ताे हुनेछ
नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज, नयाँ मर्यादाक्रम यस्ताे हुनेछ
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !

तपाईंले छुटाउनुभयो कि?