मन्त्रीमण्डल फेरबदलका लागि नेकपाको सचिवालय बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मन्त्रीमण्डल फेरबदलका लागि नेकपाको सचिवालय बैठक बस्दै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन गर्ने भएका छन् ।
  • यसअघि नै प्रधानमन्त्री ओलीले मन्त्रीहरु हटाउने तयारी गरेका थिए ।
  • तर, बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा भएकोले उनले केही समयलाई उक्त काम थाँती राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन गर्ने भएका छन् । यसअघि नै प्रधानमन्त्री ओलीले मन्त्रीहरु हटाउने तयारी गरेका थिए । तर, बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा भएकोले उनले केही समयलाई उक्त काम थाँती राखेका थिए ।

केही दिन अघिमात्रै ओलीले आफ्नो सल्लाहकार टिमका सबै सदस्यहरुलाई विदाई गरिसकेका छन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईबाहेक उनले सबैलाई पदमुक्त गरिसकेका छन् । यो बीचमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेर आधा दर्जनभन्दा बढि मन्त्रीहरु हटाउने सहमति गरिसकेका छन् । सोही अनुसार निर्णय लिनको लागि आज नेकपाको सचिवालय बैठकसमेत आह्वान गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो । शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेका हुन्।

मन्त्रिमण्डल पूनर्गठनसहित आजको बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे पनि छलफल हुने एक नेताले जानकारी दिए । त्यस्तै, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा छिटो छिटो समस्या देखिएकाले धेरै दौडधुप र धपेडी नगर्नको लागि चिकित्सकहरुले सुझाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?