विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने

सारांश

  • विराटनगर, ६ फागुन , यही फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।
  • आरोहण विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरको सुशीला कोइराला नाटक घरमा हुने महोत्सवमा नेपालसहित ६ देशका १० वटा नाटक मञ्चन हुने जानकारी दिइयो ।
  • महोत्सवमा नेपाल, बङ्गलादेश, भारत, श्रीलङ्का र अफगानिस्तानका १० नाटक दैनिक एक÷एक वटा मञ्चन हुने आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।

विराटनगर, ६ फागुन , यही फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।

आरोहण विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरको सुशीला कोइराला नाटक घरमा हुने महोत्सवमा नेपालसहित ६ देशका १० वटा नाटक मञ्चन हुने जानकारी दिइयो ।

महोत्सवमा नेपाल, बङ्गलादेश, भारत, श्रीलङ्का र अफगानिस्तानका १० नाटक दैनिक एक÷एक वटा मञ्चन हुने आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । फागुन १५ गते आरोहण विराटनगरको ‘विराट पर्व’, १६ गते बङ्गलादेशको ‘मातब्रिङ’, १७ गते इटालीको ‘डिसएप्पीइर्ड’, १८ गते भारतको ‘चम्पावती’, १९ गते श्रीलङ्काको ‘लब एण्ड लाइफ’ नाटक मञ्चन हुने भएको छ ।

यसैगरी फागुन २० गते झोराहाट नाट्य समूह नेपालको ‘घरभित्रको अर्को घर’ , २१ गते परिवर्तन थिएटर, काँकडभिट्टा नेपालको ‘विटुलो आख्यान’, २२ गते अफगानिस्तानको ‘ता राहाये’, २३ गते थिएटर उपयपुर नेपालको ‘देश बनाउँछु भन्नेहरु’ र २४ गते कदम थिएटर दमक नेपालको ‘गौडा टाइम्स’ नाटक मञ्चन गरिने भएको छ ।

महोत्सवमा विभिन्न सांस्कृतिक, पुस्तक र चित्र प्रदर्शन गरिनेछ । सहभागी विदेशी कलाकारलाई प्रदेश नं १ को पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरुको अवलोकनका साथै स्थानीय समुदाय तथा स्थानीय सरकारसँग समेत अन्तरक्रिया कार्यक्रम गराईने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
कांग्रेस सांसदले मागे मन्त्री अधिकारीको राजिनामा
कांग्रेस सांसदले मागे मन्त्री अधिकारीको राजिनामा
आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
लापसे गरेर गाडी चलाउँछन् चालक
लापसे गरेर गाडी चलाउँछन् चालक
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी
सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी
तथ्य प्रमाण भए वार्ता पेश गर्न भारतलाई नेकपा प्रवक्ताको चूनौति
तथ्य प्रमाण भए वार्ता पेश गर्न भारतलाई नेकपा प्रवक्ताको चूनौति
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी

तपाईंले छुटाउनुभयो कि?