दुर्घटनामा दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दुर्घटनामा दुई जनाको मृत्यु

सारांश

  • पर्वत, ८ फागुन, विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो ।
  • नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पर्वत, ८ फागुन, विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

जग्गा दान

यहाँका एक वृद्धले प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा दान गर्नुभएको छ । बिहादी गाउँपालिका–१ बाच्छाका भोलानाथ शर्माले भवन बनाउन जग्गा उपलब्ध गराउनुभएको हो । साविक बाच्छा गाविसका पूर्वगाविस अध्यक्ष शर्माले सात आना तीन पैसा दुई दाम जग्गा दान गर्नुभएको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले दुई विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । पढाइमा जेहेन्दार कुश्माको नारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत अमिन खड्का र शिवालय बहुमुखी क्याम्पसमा अध्ययनरत विनोद परियारलाई रु पाँच÷पाँच हजार सहयोग गरिएको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?