उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति
सारांश
- गाईघाट ११,फागुन।
- उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति भएको छ ।
- शनिवार दिउँसो जिल्लाको रौतामाई गाउँपालिका ४ डुम्रेमा भएको आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएका उदयपुर प्रहरीले जनाएको छ ।
गाईघाट ११,फागुन। उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति भएको छ । शनिवार दिउँसो जिल्लाको रौतामाई गाउँपालिका ४ डुम्रेमा भएको आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएका उदयपुर प्रहरीले जनाएको छ ।
दिउँसो १ बजे आचानक भएको आगलागीबाट कमल बहादुर कार्की, बिदुर कार्की, दिपक कार्की, राजेन्द्र कार्की र ज्ञान बहादुर कार्कीको घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ७ वटा गोठ तथा ५४ वटा चौपायासहित सम्पूर्ण सामान जलेर नष्ट भएको
प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार साँझ ७ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया