प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
सारांश
- काठमाडौं, माघ २१ ।
- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै तनहुँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन् ।
- यसअघि उनले गत माघ १७ गते सोही व्योहोराको निवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौं दर्ता गराइसकेका छन् ।
काठमाडौं, माघ २१ । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै तनहुँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन् ।
यसअघि उनले गत माघ १७ गते सोही व्योहोराको निवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौं दर्ता गराइसकेका छन् ।
निवेदनमा डा.केसीसहित डा.अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, प्रकाशचन्द्र परियार, मनोजकुमार अधिकारी, प्रितम सुवेदी र सागर घिमिरेले हस्ताक्षर गरेका छन् ।
निवेदनमा २०३० साउन २१ मा तनहुँबाट जारी भएको नागरिकताको प्रतिलिपी, नागरिकता उपलब्ध गराउँदाका मिसिल कागजपत्र, २०५३ सालमा जारी भएको सोही नागरिकताको प्रतिलिपी माग गरिएको छ ।
यस्तै, काठमाडौंबाट जन्ममिति २०१० वैशाख १६ कायम गरी २०६७ सालमा पुनः निकालिएको प्रतिलिपीको तथ्य सूचना समेत माग गरिएको छ। नागरिकको सूचनाको हक अनुसार सो सम्बन्धि सूचना उपलब्ध गराइदिन भनिएको छ ।
प्रतिक्रिया