विश्वकप फुटबल २०१८: रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८:  रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?

सारांश

  • काठमाडौं, ३० जेठ ।
  •   विश्वकप फुटबल २०१८ प्रतियोगिताको समय निक्कै नजिक आईपुगेको छ ।
  • रसियामा भोलि ‘जेठ ३१’ गतेबाट सूरु हुने उक्त प्रतियोगितामा विश्वका ३२ वटा राष्ट्रले भाग लिँदैछन् ।

काठमाडौं, ३० जेठ ।  विश्वकप फुटबल २०१८ प्रतियोगिताको समय निक्कै नजिक आईपुगेको छ । रसियामा भोलि ‘जेठ ३१’ गतेबाट सूरु हुने उक्त प्रतियोगितामा विश्वका ३२ वटा राष्ट्रले भाग लिँदैछन् । ‘वल्र्डकप’ को ‘ट्रफी’ कसले उचाल्छ भन्नेबारे एक महिनादेखि अड्कलबाजीहरु भैरहेका छन् ।

विश्वकपको हावाले संसार छोएको छ । विश्वका फुटबलप्रेमीहरुले मनपर्ने समुह र खेलाडीहरुको खुलेर समर्थन गरिरहेका छन् । विश्वकप फुटबलको प्रभाव नेपालमा पनि ठूलै परेको अनुमान अहिले विभिन्न देशको समर्थन गरेर जर्सी लगाएर सामाजिक सञ्जालमा तस्विरहरु सार्वजनिक गरिरहेका छन्।

यसै क्रममा सामाजिक अभियान्ता एवम् नायिका रेखा थापाको रोजाइ अर्जेन्टेनी टिम हो । त्यस्तै उनले मनपर्ने खेलाडीको रुपमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डोको नाम लिएकी छिन् ।

सूरुमा उनले कुनैपनि देशको बारेमा त्यति चासो नभएको बताएपनि आखिरमा अर्जेन्टिनालाई समर्थन रहेको बताएकी हुन । ‘खासमा म कसैको पक्ष वा विपक्षमा छैन्, जसले जितोस् कुनै वास्तापनि छैन्, समर्थक हुन पाईन्छ, तर म आफ्नै काममा व्यस्त छु, अर्को कुरा जुन टिमले जितेपनि हाम्रो नाता सम्बन्ध केही पनि छैन्, विश्वको एउटा देश हो भन्नेबाहेक, त्यसैले यहाँ जुन प्रकारको वातावरण सिर्जना भएको छ, त्यो ठीक छैन् ।’

उनले अघि थपिन्,‘विश्वकप रसियामा, कपडाको व्यापार नेपालमा चकाचक छ, खेल्ने देश र खेल्ने खेलाडी कताका कताका, जुवा यता खेलिँदैछ, एक अर्कालाई पिटौलाझै गरेर समर्थन गर्नुको कुनै अर्थ छ र ? जसले जे गरोस् मतलव छैन्, हामीले बुझ्नुपर्ने कुरा के हो भने अन्धभक्त बनेर कसैको समर्थक हुनुहुदैन, चुपचाप बसेर, जुवा नखेलेर, बाजी नराखेर, टिसर्ट नलाएर पनि समर्थक हुन पाईन्छ, मेरो भन्नु यत्ति हो ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dev Es

    Tero bau lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?