पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
३२ पटक हेरिएको
Shares
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

सारांश

  • काठमाडौं।
  • यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।
  • आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।

काठमाडौं। यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।

विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको बताए। “सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ।

यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन,”–उनले भने। सगरमाथाको आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम–२ भन्दा माथि भएको र सबै आरोहीमाथि ९सगरमाथाको चुचुरो० तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ।

कामिरिता २४औँ आरोहणमा

वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो । आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनी २४औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ।विगत तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन । अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा छन्। सम्भवतः आज रातिबाट आरोहण हुने र भोलिसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताइएको छ।

मौसमले साथ नदिएका कारण धेरै आरोही चुचुरोमा जाने प्रतिक्षामा छन् भने आजदेखि मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लाग्ने सम्पर्क अधिकृत श्रेष्ठको भनाइ थियो। कञ्चनजङ्घा, मकालु ल्होत्से, अन्नपूर्णलगायत हिमालको पनि सफल आरोहण भएको छ। आरोहीको सङ्ख्याको एकिन जानकारी आइनसकेको विभागले जनाएको छ।सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन्। विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन्। सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन्। यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ। यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ। रासस /सिवी अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !
१५ वर्षीया किशोरीमाथि वडाअध्यक्षकाे बारम्बार यौन शोषण, किशाेरी वेपत्ता !
जेठ १९ गते सोमबारको राशिफल यस्तो छ
जेठ १९ गते सोमबारको राशिफल यस्तो छ
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
राष्ट्र बैंकको भवन बनाउने ठेक्का पप्पुले पाउला !
राष्ट्र बैंकको भवन बनाउने ठेक्का पप्पुले पाउला !
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
A great Avast Ant-virus Review

तपाईंले छुटाउनुभयो कि?