आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा

सारांश

  • दाङ, ३ बैशाख ।
  • नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दाङले जिल्ला प्रशासन कार्यालय दाङमार्फत् सोमवार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
  • नेपाल सरकारले बिदा कटौती गर्ने निर्णय गरेपछि आदिवासी जनजाति जिल्ला समन्वय परिषद् दाङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

दाङ, ३ बैशाख । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दाङले जिल्ला प्रशासन कार्यालय दाङमार्फत् सोमवार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले बिदा कटौती गर्ने निर्णय गरेपछि आदिवासी जनजाति जिल्ला समन्वय परिषद् दाङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

आदिवासी जनजातिहरुले मनाउँदै आएका पर्वहरुको बिदा कटौती गरेको भन्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमार्फत् प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको कार्यबाहक अध्यक्ष रामबहादुर कुमालले जानकारी दिए ।

सरकारले माघे संक्रान्ति, उधौली, उभौली, तमु लोसारलगायतका पर्वमा बिदा कटाएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ आन्दोलनमा छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मागको सुनवाईका लागि सहजीकरण गर्ने बताएका थिए ।

त्यस अवसरमा आदिवासी जनजाति महासंघ जिल्ला शाखा दाङले महासंघको भवन एवं जग्गाका बिषयमा पनि प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको थियो । भवन र जग्गामा आएको समस्या समाधानका लागि पहल गरिदिन पनि आग्रह गरिएको थियो ।

यस्तै जनजाति महासंघले घोराही उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । सरकारले पर्वहरुको बिदा कटौती गरेको भन्दै जिल्लाका स्थानीय तहमा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?