गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
गृहमन्त्रीको एक वर्षे कार्यकाल : अपराध नियन्त्रण गर्न बाँकी

सारांश

  • काठमाडौं ।
  • गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ ।
  • गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।

काठमाडौं । गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । 

मन्त्रालयका अनुसार नागरिकको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्न आवश्यक उपयुक्त सुरक्षाको वातावरण निर्माणका लागि एक वर्षले आधार तयार गरेको छ । “शान्तिसुरक्षा, अपराध नियन्त्रण र सुशासनमा अझ धेरै गर्न बाँकी छ, यसतर्फ अझै सचेत हुँदै समृद्ध नेपाल निर्माणमा सबै एकजुट हुनुपर्छ” मन्त्री थापाले भने ।

संविधान, कानून र सरकारको मार्गचित्रलाई कार्यान्वयन गर्न गृह प्रशासन सुधार कार्ययोजना बनाई कार्यान्वयन गरिएको तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गरिएको गृहमन्त्री थापाले बताए ।

गृह प्रशासनमा विगतदेखिको प्रशासनिक विकृतिहरु न्यूनीकरण भएको दाबी गर्दै उहाँले सुरक्षा अङ्ग परिचालनलाई थप व्यवस्थित र व्यावसायिक बनाएको बताए । सङ्गठित अपराध नियन्त्रणमा सफलता मिलेको, यातायात क्षेत्रको सिण्डिकेट, विकास निर्माण र कानून कार्यान्वयनको क्षेत्रमा रहेका विकृति, अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको भनाइ छ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न मजबुत सुरक्षा आधार प्रदान गर्ने क्रममा तत्कालीन र दीर्घकालीन दुवै अर्थमा पर्याप्त आधारसहितको नतिजा हासिल गर्न सफल भएको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले सार्वजनिक गरेको १० महत्वपूर्ण उपलब्धिअन्तर्गत यस वर्ष २४ मध्ये २१ वटा कानून तर्जुमा भएको, मापदण्ड विपरीत व्यक्तिको सुरक्षामा खटिएका २७५ सुरक्षाकर्मी फिर्ता गरिएको, महिला बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धान भवन निर्माण गरिएको उल्लेख छ ।

जबर्जस्तीकरणी अपराधका घटनामध्ये ९५ प्रतिशत घटनाको सफल अनुसन्धान गरिएको, अवैध सुन तस्करी र सङ्गठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता मिलेको मन्त्रालयको भनाइ छ ।

सुन तस्करीमा संलग्न ७५ मध्ये ४६ पक्राउ गरिएको, ३१ फरार रहेको, ३४ लाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको र ३६ अभियुक्तको चल–अचल सम्पत्ति रोक्का गरिएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

यातयात क्षेत्रमा रहेको लामो समयसम्मको सिण्डिकेटको अन्त्यका लागि नवीकरण गर्ने कार्य बन्द गरिएको, राजमार्गमा हुने अवरोध हटाउन सुरक्षा कारवाहीको कार्यविधि तयार गरी ७७ वटै जिल्लामा लागू गरिएकाले यस्ता अवरोध न्यूनीकरण भएको मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?