भाईको हत्या काण्डमा दाजु भाउजु पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०७४
|
|
७२८ पटक हेरिएको
Shares
भाईको हत्या काण्डमा दाजु भाउजु पक्राउ

सारांश

  • सिरहा–भाईको हत्या गरेको आरोपमा दाजु–भाउजु पक्राउ परेका छन् ।
  • मिर्चैया–८ मझौवाका २७ बर्षीय प्रदिप रायको हत्याको आरोपमा उनको आफ्नै दाजु ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीय निरो देबि रायलाई प्रहरीले पक्रउ गरेको हो ।
  • आफ्नै घरमा सुतिरहेको अबस्थामा २०७३ फाल्गुन १७ गते राति घरमा आगलागि हुँदा घरको कोठामै प्रदिपको जलेर मृत्यु भएको थियो ।

सिरहा–भाईको हत्या गरेको आरोपमा दाजु–भाउजु पक्राउ परेका छन् । मिर्चैया–८ मझौवाका २७ बर्षीय प्रदिप रायको हत्याको आरोपमा उनको आफ्नै दाजु ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीय निरो देबि रायलाई प्रहरीले पक्रउ गरेको हो ।
आफ्नै घरमा सुतिरहेको अबस्थामा २०७३ फाल्गुन १७ गते राति घरमा आगलागि हुँदा घरको कोठामै प्रदिपको जलेर मृत्यु भएको थियो । प्रतिप सुतेको घरभित्र पेट्रल खन्यायर आगो लगाएको भेटिएको थियो ।
घटनाको अनुसंधान गर्दै जादाँ प्रदिपको आफ्नै दाजु फुलगेन र भाउजु निरो देविको योजनामा हत्या भएको देखिएकले दुवैलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरि अनुसंधान भइरहेको डिएसपी बज्राचार्यले बताउनु भयो ।
घटना भएको दिन अघिल्लो दिनमात्रै प्रदिप साथीको भतिजको विहेमा सहभागि हुन काठमांडौबाट घर आउनु भएको थियो ।
प्रदिप काठमांडौमा प्रतिज्ञा मेनपावर संचालन गर्दै आएका थिए । घटना भएदेखि अपराधी पता लगाउन पुर्ब क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर, केन्द्रिय अनुसन्धान ब्यरो र स्थानिय प्रहरीहरुलाई परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ramu Aryan Pandey

    RIP

    Comment Author

    Samir Jung Shahi

    Rip

    Comment Author

    Samundra Shrestha

    रिप

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ