जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
१
|
५५ पटक हेरिएको
Shares
जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो

सारांश

  • काठमाडौं, २० साउन ।
  • जाजरकोटको भेरी नगरपालिका– ३ ठाँटीबजारमा गएको पहिरोमा परी पुरिएकामध्ये ९ जनाको शव निकालिएको छ ।
  • शव निकालिएकाहरुमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन् ।

काठमाडौं, २० साउन । जाजरकोटको भेरी नगरपालिका– ३ ठाँटीबजारमा गएको पहिरोमा परी पुरिएकामध्ये ९ जनाको शव निकालिएको छ ।

शव निकालिएकाहरुमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन् । यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तीर्थबहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छोरी ९ वर्षीया भगवती बिक, ६ वर्षीया रञ्जना बिक र ३ वर्षीया मनिषा बिक रहेका छन् । पहिरोमा परी शितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारको घाइते अवस्थामा उद्धार गरिएको छ । उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

पहिरो आज विहान सात बजेतिर गएको प्रहरीले जनाएको छ । पहिरोमा परी दुई घर पुरिएका छन् । स्थानीय ओमजङ शाहको घरमुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउँमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरिएको हो । पहिरोले घरभित्र भएका र बाटोमा हिडिरहेका बटुवाहरु पनि पुरिएका छन् ।

पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । बर्षा नरोकिएको र अप्ठ्यारो भूभाग भएका कारण उद्धारमा समस्या परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    राम राम भन्नू बाहेक अरु के पो गर्न सक्छ । यिनिहरु कोहि नेता परेन । नेता भएको भए काठमाडौंमा आलिसन महल हुन्थे ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?