मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका एक कर्मचारीलाई १० हजार घुस लिएको भन्दै मुद्दा दर्ता गरेको छ ।
- मालपोत कार्यालय, महोत्तरी जलेश्वरमा कार्यरत नायब सुब्बा ढकबहादुर कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस रकम लिएको भन्दै अख्तियारले पक्राउ गरेको हो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका एक कर्मचारीलाई १० हजार घुस लिएको भन्दै मुद्दा दर्ता गरेको छ ।
मालपोत कार्यालय, महोत्तरी जलेश्वरमा कार्यरत नायब सुब्बा ढकबहादुर कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस रकम लिएको भन्दै अख्तियारले पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना, उजुरीको आधारमा १० हजार घुसबापतको रकम लिएको बेला पक्राउ गरेको थियो ।
नायब सुब्बा कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको पुष्टि हुन आएको भन्दै १० हजार रुपैयाँ मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोप-पत्र दर्ता गरिएको अख्तियारले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया