फोहर व्यवस्थापन गर्ने काम महानगर को हैन रे ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
फोहर व्यवस्थापन गर्ने काम महानगर को हैन रे ?

सारांश

  • गणेश शाक्य,बिहान बिहानै एउटा अनलाइन खबर पढ्ने मौका पाइयो ।
  • ”फोहर व्यवस्थापन गर्ने जिम्मा हाम्रो हैनः मेयर शाक्य” को शिर्षकमा यो खबर अमेरिका नेपाल नामक अनलाइनवाट प्रकासित खबर हो ।
  • खबर पढदै जांदा मेयर शाक्यले शिर्षक अनुसार ठ्याक्कै काठमाण्डौंको फोहर व्यवस्थापन गर्ने जिम्मा महानगरको हैन भन्ने अभिव्यक्ति त देखिएन ।

गणेश शाक्य,बिहान बिहानै एउटा अनलाइन खबर पढ्ने मौका पाइयो । ”फोहर व्यवस्थापन गर्ने जिम्मा हाम्रो हैनः मेयर शाक्य” को शिर्षकमा यो खबर अमेरिका नेपाल नामक अनलाइनवाट प्रकासित खबर हो । खबर पढदै जांदा मेयर शाक्यले शिर्षक अनुसार ठ्याक्कै काठमाण्डौंको फोहर व्यवस्थापन गर्ने जिम्मा महानगरको हैन भन्ने अभिव्यक्ति त देखिएन । सायद मैले बुझ्न नसकेको पनि हुन सक्छ । तर, उहाँले फोहर फाल्ने अथवा थुपार्ने स्थान (ल्यान्डफिल साइट) को व्यवस्थापन गर्ने काम हाम्रो हैन भन्ने कुरा चैं स्पष्टनै पार्नु भएको छ । ल्यान्डफिल साइटको व्यवस्थापन होस वा शहरवाट फोहर उठाउने, कुरा एउटै हो । मतदाताहरुको चाहना त शहरमा जताततै फोहरको डँगुर नथुप्रियोस, शहर स्वच्छ हराभरा होस भन्ने नै हो । अब फोहर व्यवस्थापन गर्ने जिम्मानै महानगरको हैन भने पछि त खेलै खत्तम भो नि ।

हुन त उहां अमेरिका लगायत विभिन्न मुलुकका शहरहरु घुमी आएका व्यक्ति, उहांलाई जति मतदाताहरुलाई के थाहा होलान् फोहर व्यवस्थापन कसरी गर्नु पर्छ भनेर । सायद, उहांले भ्रमण गरेका शहरहरुमा पनि फोहर व्यवस्थापन गर्ने जिम्मा महानगरको नभई अरु कसैको जिम्मामा भएकोले त्यहि पो सिको गरेको हो कि ?  स्थानिय तहमा जनप्रतिनिधि आउला अनि दशौं बिसौं वर्ष देखि जनप्रतिनिधिको अभावमा अस्तव्यस्त भई-रहेका काठमाण्डौं शहरको समग्र विकास होला भन्ने सपना बोकी निर्वाचनमा मत हालेका मतदाताहरु त उल्लु पो सावित हुन पुगेछ । बिचरा मतदाताहरुलाई यति पनि थाहा भएन कि काठमाण्डौंको फोहर व्यवस्थापन गर्ने जिम्मा महानगरको जिम्मा नै हैन भनेर ।

फोहर व्यवस्थापन गर्ने कामनै महानगरको नभएपछि अब अरु के कुराको आशा गर्ने महानगरवाट ? सडकको खाल्डाखुल्डीको कुरा उठाउं भने सडक विभागमा जाउ भन्लान, बिजुलीको खम्बा, अव्यवस्थित तार आदिको कुरा गरौं भन्दा बिजुली अड्डा, केबल लाइन, टेलिफोन कार्यालयमा सम्पर्क गर्न जाउ भन्ने होलान । शुद्ध पिउने पानीको व्यवस्थापन हुनु प¥यो भन्यो भने मेलम्ची आयोजनालाई भन्न जाउ भन्ने होलान । धुलो धुवांको कुरामा वातावरण विभागतिर जाउ भन्ला, ढल निकासको वारे भन्नु परेमा सम्वन्धित कार्यालय जानु भन्ला, ट्राफिक जामको कुरा त निकाल्नै भएन, सिधै ट्राफिक कार्यालय जाउ भनि हाल्लान । भनेसि नगरवासीले महानगरवाट कुन क्षेत्रको विकासको लागि अपेक्षा राख्ने त अब ?

यो पनि हैन, त्यो पनि हैन भने काठमाण्डौंको महानगरको काम चाहिं के त ? खाली नाना थरिका कर मात्र असुल गर्दै बस्ने कि ? यसरी, मतदाताहरुले अपेक्षा गरेका कुनै पनि काम महानगरले सम्बोधन गर्न सक्तैन भने महानगर हुनु नहुनुमा के फरक भयो र ? वर्षौ वर्ष विना जनप्रतिनिधिको महानगर पनि चलेकै थियो । सामान्य रुपमा विकास निर्माणका कार्यहरु पनि भएकै थिए । यदि नगरवासीले भोगिरहेका अनेकन समस्याहरु जिंउ का तिंउनै रहने भए स्थानिय तह निर्वाचनकै लागि भनि खर्चिएका अरबौं अरब धनराशी वालुवामा पानी हाले सरह भएन र ?

माथि शिर्षकमै भनेझैं साच्चै फोहर व्यवस्थापन गर्ने जिम्मा महानगरको हैन भने यो नगरबासीको लागि ठुलो दुर्भाग्य हो । संसारभरी जताततै महानगरको नगरवासी प्रतिको जिम्मा अतिनै गहन तथा संवेदनशिल छ । नगरवासीको आधारभूत आवश्यकता महानगरले सम्वोधन गर्नै पर्छ । यो कुरा काठमाण्डौंको मेयरले पनि बुझेकै कुरा हो । तर बुझेर पनि बुझ पचाई जिम्मेवारीवाट पन्छिन मेयर जस्तो पदलाई भने कदापि सुहाउदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
राष्ट्रिय स्वतन्त्र पाटीको उपत्याका भेला कार्यक्रम भोली खुलामञ्चमा
राष्ट्रिय स्वतन्त्र पाटीको उपत्याका भेला कार्यक्रम भोली खुलामञ्चमा
प्रत्यक्षतर्फका मतपत्र आयोगले आजदेखि छाप्ने
प्रत्यक्षतर्फका मतपत्र आयोगले आजदेखि छाप्ने
सशस्त्रको संगठनात्मक र दरबन्दी संरचनामा व्यापक परिवर्तन
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
सानिमा बैंकले मलेशियाबाट पनि सुरु गर्यो रेमिटयान्स सेवा
सानिमा बैंकले मलेशियाबाट पनि सुरु गर्यो रेमिटयान्स सेवा
मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा
मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा
अरु ठाउँ नजिता आउँदै गर्दा अर्घाखाँचीमा मतदान चल्दै
अरु ठाउँ नजिता आउँदै गर्दा अर्घाखाँचीमा मतदान चल्दै

तपाईंले छुटाउनुभयो कि?