अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २०, २०७७
|
|
४८ पटक हेरिएको
Shares
अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

सारांश

  • २० कात्तिकः अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् ।
  • डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।
  • मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ ।

२० कात्तिकः अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।

मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ ।

अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुबै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् ।

पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ र उनी विजयको नजिक छन् ।

बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसक्नु भएको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।

पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए । तर उनले आफू विजयी भएको घोषणा गर्न चाहेनन् ।

उनले भने, “म अमेरिकी राष्ट्रपति हुँदैछु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।”

राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका थिए जसलाई स्वयं रिपब्लीकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका थिए ।

विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ ।

निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका थिए ।–एपीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
चुनावको मुखैमा एमालेले राख्यो यस्तो नयाँ माग, देउवा सरकारलाई पर्नेभो आपत !
असिनापानीबाट दुई करोडको सुन्तला नष्ट
असिनापानीबाट दुई करोडको सुन्तला नष्ट
अनमोलसँग छोरी भिडाउँदै झरना
अनमोलसँग छोरी भिडाउँदै झरना
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
सुनकाे मुल्य बढेर कति पुग्याे ?
सुनकाे मुल्य बढेर कति पुग्याे ?
दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,
दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?