टिप्पर सञ्चालनमा रोक लगाउन माग
सारांश
- अस्बिन खड्का,१२ साउन।
- टिप्परको आतंक बढेपछि स्थानीयले टिपर सञ्चालनमा रोक लगाउन माग गर्दै ४ घण्टा सडक अबरुद्ध गरेका छन् ।
- मोरङको सुन्दरहरैचा ९ र १२ नम्बर वडाका स्थानीयबासीहरुले शनिबार टिपरको आतंक बढेको भन्दै स्थानीय समिति नै गठन गरेर बिहान ७ बजेदेखि ११ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएर बिराटचौक घिनाघाट सडक अबरुद्ध गरेका छन ।
अस्बिन खड्का,१२ साउन। टिप्परको आतंक बढेपछि स्थानीयले टिपर सञ्चालनमा रोक लगाउन माग गर्दै ४ घण्टा सडक अबरुद्ध गरेका छन् । मोरङको सुन्दरहरैचा ९ र १२ नम्बर वडाका स्थानीयबासीहरुले शनिबार टिपरको आतंक बढेको भन्दै स्थानीय समिति नै गठन गरेर बिहान ७ बजेदेखि ११ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएर बिराटचौक घिनाघाट सडक अबरुद्ध गरेका छन ।
टिप्परका कारण दुर्घटना बढेपछि पछिल्लो समय टिप्परलाई यमराजको रुपमा हेर्ने गरीएको छ । स्थानीयले १ सय बढी टिप्परहरुलाई रोकेर बिरोध गरेका थिए । तिर्ब गतिमा सो क्षेत्रमा दैनिक ३ सय बढी टिप्परहरु सञ्चालन हुने गरेका छन् । तिब्र गतिका कारण दुर्घटनाको जोखिम बढेको र ध्वनि प्रदुषर्ण समेत बढेको भन्दै स्थानीयले सडक नै अबरुद्ध गरेर आन्दोलन गरेका हुन् । सडक नै अबरुद्ध भएपछी स्थानीय प्रहरी प्रशासन र वडा नम्बर ९र १२ का वडा अध्यक्ष राजकुमार कार्की र रोशन ढकाल सहितको रोहबरमा आईतबार छलफल गर्ने सहमतिमा ४ घण्टापछि सडक सुचारु भएको छ ।
प्रतिक्रिया