मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका एक कर्मचारीलाई १० हजार घुस लिएको भन्दै मुद्दा दर्ता गरेको छ ।
  • मालपोत कार्यालय, महोत्तरी जलेश्वरमा कार्यरत नायब सुब्बा ढकबहादुर कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस रकम लिएको भन्दै अख्तियारले पक्राउ गरेको हो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका एक कर्मचारीलाई १० हजार घुस लिएको भन्दै मुद्दा दर्ता गरेको छ ।

मालपोत कार्यालय, महोत्तरी जलेश्वरमा कार्यरत नायब सुब्बा ढकबहादुर कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस रकम लिएको भन्दै अख्तियारले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना, उजुरीको आधारमा १० हजार घुसबापतको रकम लिएको बेला पक्राउ गरेको थियो ।

नायब सुब्बा कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको पुष्टि हुन आएको भन्दै १० हजार रुपैयाँ मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोप-पत्र दर्ता गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?