राजपा र जनमुक्ति पार्टीबीच एकता कि पार्टी प्रवेश !
सारांश
- काठमाडौं ।
- राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको छ ।
- पार्टी एकीकरणमा जनमुक्ति पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा सहभागी थिए ।
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको छ । पार्टी एकीकरणमा जनमुक्ति पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा सहभागी थिए ।
जनमुक्ति पार्टीका दुई तिहाइभन्दा बढी केन्द्र र जिल्लास्तरका नेता राजपामा प्रवेश गरेको राजपाका नेता केशव झाले जानकारी दिए । पार्टी एकीकरण घोषणा कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताको उपस्थिति थियो ।
राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले अधिकारप्राप्तिको संघर्षमा एकताबद्ध भएर लाग्न अपिल गरे । आफ्ना पार्टीका सांसद रेशम चौधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै सबैको अधिकार सम्बोधनका लागि सरकारलाई आग्रह गरे ।
नेता महतोले अधिकार प्राप्तिको आन्दोलनमा सबै उपेक्षित समुदायलाई एकजुट भएर अघि बढ्न आह्वान गरे ।
प्रतिक्रिया