विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेको छ।
  • आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएको सो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेको छ। आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएको सो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका हुन्। उनले सरकारले भारतसामू लम्पसारवादी नीति लिएकै कारण सो निर्णय लिएको आरोप लगाए। प्रमुख सचेतक खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुर्याउने गरी निर्णय लिएर सरकारले शक्तिराष्ट्र भारतसामू निरिहता प्रकट गरेको बताए।

सरकारले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुग्ने गरी सो निर्णय लिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको प्रमुख सचेतक खाँडको भनाइ छ। प्रमुख सचेतक खाँडले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गैरकानुनी ढंगले हत्या गरेको दावी गर्दै त्यसप्रति निन्दा गरे। सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानव अधिकारको समेत गम्भिर उलंघन गरेको उनको दावी थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?