आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७३
|
|
३११ पटक हेरिएको
Shares
आईजीपी विवादः डीआईजी अर्याल पनि अदालत पुगे, आफूलाई महानिरीक्षक बनाउन माग

सारांश

  • नेपाल प्रहरीको महानिरीक्षक पदका लागि सर्वोच्च अदालतमा चलिरहेको विवादमा तेस्रो पात्रको प्रवेश भएको छ ।
  • डीआईजी जयबहादुर चन्द र नवराज सिलवालको मुद्दाको पूर्ण इजलासमा बहस सकिएकै दिन अर्का डीआईजी प्रकाश अर्यालले रिट दायर गरेका हुन् ।
  • चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले दायर गरेको रिटमा प्रधानन्यायाशीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा बहस सकिएको छ ।

नेपाल प्रहरीको महानिरीक्षक पदका लागि सर्वोच्च अदालतमा चलिरहेको विवादमा तेस्रो पात्रको प्रवेश भएको छ ।

डीआईजी जयबहादुर चन्द र नवराज सिलवालको मुद्दाको पूर्ण इजलासमा बहस सकिएकै दिन अर्का डीआईजी प्रकाश अर्यालले रिट दायर गरेका हुन् ।


चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले दायर गरेको रिटमा प्रधानन्यायाशीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा बहस सकिएको छ । र, भोलि फैसला सुनाउने तय भएको छ ।

तर, त्यही दिन अर्यालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै रिट दायर गरेका छन् । उनले आइतबार नै रिट दायर गर्न चाहेका थिए । तर, सर्वोच्च प्रशासनले दिनभर कुराएर पनि दर्ता नगरेको उनको गुनासो छ ।

सोमबार दायर भएको रिटमा चन्द र सिलवालको मात्र कार्यसम्पादन मूल्यांकन झिकाउने सर्वोच्चको आदेशले आफू अन्यायमा परेको अर्यालले जिकिर गरेका छन् ।

साथै उनले चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय बदर गरी आफूलाई आईजीपी बढुवा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न र बढुवा गरी पदस्थापन गर्न सरकारको नाममा परमादेश दिन माग गरेका छन् ।

दोस्रो बरियतामा रहेका डीआईजी अर्यालले रिटको टुंगो नलागेसम्म प्रहरी महानिरीक्षकमा कसैलाई बढुवा नगर्न अन्तरिम आदेशको पनि माग गरेका छन् ।

(Belsomra)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?