पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी !

सारांश

  • बागो, १३ भदौ ।
  • अत्यधिक वर्षाका कारण म्यानमारको एउटा बाँध नाघेर पानी गएपछि झण्डै एक सय गाउँमा बाढीको असर परेको छ ।
  • आज बिहानै आएको बाढीका कारण मुलुकको सबैभन्दा ठूलो राजमार्र्गसमेत अवरुद्ध भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

बागो, १३ भदौ । अत्यधिक वर्षाका कारण म्यानमारको एउटा बाँध नाघेर पानी गएपछि झण्डै एक सय गाउँमा बाढीको असर परेको छ । आज बिहानै आएको बाढीका कारण मुलुकको सबैभन्दा ठूलो राजमार्र्गसमेत अवरुद्ध भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बाढीका कारण कसैको मृत्यु भएको खबर अहिलेसम्म आएको छैन भने हजारौँ विस्थापित भएको र अस्थायी शिविरहरुमा राखिएको समाचारमा जनाइएको छ ।

स्वार चाउङ बाँधको संरचनाले थेग्न नसकेपछि ठूलो वर्षापछिको पानी बाँध नाघेर बाढीका रुपमा गाउँ र राजमार्गमा गएको अधिकारीहरुको भनाइ छ । बाढीका कारण याङ्गोनदेखि माण्डलासम्मको राजमार्गको पुल पनि भत्किएको छ । म्यानमारका दुई ठूला शहरबाट आवत जावत गर्न मुख्य आधारका रुपमा रहेको पुल भत्किएपछि ती शहरहरुको सम्पर्क टुटेको छ । “हामीसँग बाढीबाट प्रभावितहरुको यकिन तथ्याङ्क त छैन, तर बाढीले प्रभावित गरेका गाउँमा बस्नेहरुको जनसङ्ख्या झण्डै ५० हजारभन्दा बढी रहेको छ,” समाज कल्याण मन्त्रालयका निर्देशक फ्यु लाई तुनले एएफपीसँग भने ।

बाढी प्रभावित झण्डै एक सय गाउँका झण्डै १२ हजार घरपरिवारलाई बाढीले असर पारेको उनको भनाइ छ । म्यानमारको सेना प्रमुख मिन औङ हलाइङले पानी नरोकिएकाले बाढी पनि तत्काल रोकिने अवस्था नरहेको बताउनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Netra Ghimire

    लम्पसारहरुकाे के कुरा गर्नु र ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?